अजित कुमार भुजेल , बिरगंज । पर्सा प्रहरीले लागु औषध सहित दुई जना महिलाहरूलाई पक्राउ गरेको छ ।
प्रहरी चौकी ईनर्वा र लागु औषध नियन्त्रण व्यूरो शाखा पर्साबाट खटिएको संयुक्त चेकिङ टोलीले वीरगंज महानगरपालिका वडा नं. १६ रजतजयन्ती चोकबाट लागु औषध सहित दुई जना महिलाहरूलाई पक्राउ गरेको हो ।
संयुक्त चेकिङ टोलीले भारतको रक्सौलबाट वीरगंज तर्फ आउदै गरेका सवारी साधन तथा पैदल यात्रुहरूलाई जाँच गर्ने क्रममा संकास्पदरूपमा हिंडिरहेकी भारत विहार जिल्ला पुर्वी चम्पारण रामगढवा बस्ने वर्ष ४३ की रूकसाना खातुन र वर्ष २० की अप्साना खातुनको शरिरबाट विभिन्न लागु औषध बरामद भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
चेकजाँचको क्रममा रूकसाना खातुनबाट लागु औषध ब्रुप्रोनोरफिन १४८ एम्पुल, डाईजेपाम १४९ एम्पुल र फेनारगन १३९ एम्पुल र अप्साना खातुनले सेतो टेपले बेरी आफुले लगाएको सुरुवालले छोपिएकी ब्रुप्रोनोरफिन १४८ एम्पुल, डाईजेपाम १४७ एम्पुल र फेनारगन १४७ एम्पुल फेला परे पछि निजहरुलाई नियन्त्रणमा लिइ लागु औषध सम्बन्धी कसूरमा थप अनुसन्धान भइ रहेको जिप्रका पर्साका प्रवक्ता एवं प्रनाउ कुमार विक्रम थापाले पर्सा पोस्ट डटकमलाई जानकारी दिनु भयो ।