अजित कुमार भुजेल , बिरगंज । बिरगंज महानगर पालिकाका नगर प्रमुख राजेशमान सिंहले अहिलेको सरकारले राम्रो काम गरिरहेको छ तर त्यसको बारेमा प्रेसले सहि कामलाई चाडो भन्दा चाडो उजगार गर्न नसक्दा र जनमानसमा पुर्याउन नसकेको आरोप लागाउनु भएको थियो ।
प्रेस सेन्टर नेपालले आइतबार बिरगंज वडा न.४ स्थित वृदावन होटेलमा साझ आयोजना गरेको सम्मान-पत्र बितरण कार्यक्रमलाई सम्बोधन गर्नु हुँदै मेयर सिंहले बिरगंजमा केहि उच्छिन्खल व्यक्तहरुले आफ्नो स्वार्थ पूरा गर्नका लागि सदियौदेखिको सदभावलाई बिगार्न खोजेका त्यस्ता व्यक्तिलाई पहिचान गरि जनताको कठघरामा खडागर्नु पर्ने काम प्रेस सेन्टरका पत्रकारहरुलाई आग्रह गर्नु भएको थियो ।
त्यसैगरि पर्साका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुषालले गणतन्त्र , धर्मनिरपेक्ष , समावेशि , समानुपातिकका बिषय विरुद्धको गतिविधि भैइरहेको छ प्रेसका साथीहरुले हेरि नै रहनु भएको छ ।
हामीले लडनु पर्ने बिषयहरु गरिबी विरुद्ध , सुशासन विरुद्ध , महिला हिंसा विरुद्ध , शिक्षा , स्वास्थ्य , शान्ती सुरक्षा प्रभाव बारे लडनु पर्ने बेलामा यहाँ त्यही मान्छेले त्यसलाई गलत ढंगले ब्याख्या , बिश्लेशण गरिरहेका छन् , त्यसलाई नै हो- हो भनी आफ्नो स्वार्थ पूरा गर्ने त्यस्ता बिरुद्ध प्रेस सेन्टरका साथीहरुले कलम चलाउन आग्रह गर्दै लागूपर्दाथ दुव्यसनी , बालबिवाह , छुवाछूत प्रथा , लैङ्गिक हिंसा , भस्टाचार विरुद्धमा पनि आवाज उठाउन हाम्रो तर्फबाट साथ सहयोग रहिरहने भुषालले बताए ।
प्रेस सेन्टर नेपालका केन्द्रिय उपाध्यक्ष एवं मधेस प्रदेश ईन्चार्ज गोबिन्द देवकोटाको अध्यक्षता भएको सो कार्यक्रमका प्रमुख अतिथि बिरगंज महानगर पालिका मेयर राजेशमान सिंह , बाराको जितपुर सिमरा उपमहानगरपालिकाका मेयर राजन पौडेल , पचरौता नगरपालिका मेयर जलन्धर सिंह , पर्साका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुषाल , बाराका प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरे , पर्साका सहायक प्रमुख जिल्ला अधिकारी शिव प्रसाद लम्साल र सानुबाबु अधिकारी ,कलैया उपमहानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत नाथु साह , बाराका प्रहरी उपरीक्षक सुरेश काफ्ले , पर्साका प्रहरी नायब उपरीक्षक कुमार बिक्रम थापा, सशस्त्र प्रहरी नायब उपरीक्षक संगम श्रेष्ठ , बिरगंज उद्योग वाणिज्य संघका अध्यक्ष अनिल अग्रबाल , प्रभ हस्पिटलका डा. लक्ष्मी थापा गुप्ता , दिलिप राज कार्की , कबिता खड्का लगायतको उपस्थित रहेको थियो ।
कार्यक्रममा प्रेस सेन्टर नेपालको बिरगंजमा सम्पन्न २० औं स्थापना दिवस तथा राष्ट्रिय परिषदको बैठकमा सहयोग गर्ने विभिन्न संघ सस्था तथा व्यक्तिहरुलाई सम्मानपत्र सहित सम्मान गरेको थियो ।
कार्यक्रममा स्वागत मन्तव्य प्रेस सेन्टर नेपालका केन्द्रिय सदस्य तथा पर्सा ईन्चार्ज निरज पिठाकोटे मगरले र कार्यक्रम सन्चालन पर्साका सचिव शिवनाथ यादवले गर्नु भएको थियो ।