प्रेम , नम्रता र सम्बन्धको महत्वबारे बिमल सरार्फका विचार

Date:

पर्सा पोस्ट , जेष्ठ २४ गते , रक्सौल, पूर्वी चम्पारण ।
सामाजिक कार्यकर्ता तथा भारत विकास परिषद्, रक्सौलका सेवा संयोजक एवं लायन्स क्लब अफ रक्सौलका मिडिया इन्चार्ज बिमल सराफले जीवन, सम्बन्ध, नम्रता र मानव व्यवहारसँग सम्बन्धित विभिन्न प्रेरणादायी विचारहरू सार्वजनिक गरेका छन्। प्रेससँग कुरा गर्दै उनले कल्पना र वास्तविकताको अन्तर, मुस्कानको शक्ति, प्रेमको महत्व तथा व्यवहारिक जीवनका विविध पक्षबारे आफ्ना धारणा व्यक्त गरेका हुन्।

उनले “कल्पना सुन्दर भए पनि त्यसलाई पूर्ण रूपमा बाँच्न सकिँदैन, जबकि वास्तविकता तितो भए पनि त्यसलाई त्याग्न सकिँदैन” भन्दै मानिसले जीवनलाई यथार्थ रूपमा बुझ्न आवश्यक रहेको बताए। शब्दलाई भोजनसँग तुलना गर्दै उनले आफूलाई मन नपर्ने शब्द अरूलाई प्रयोग नगर्न आग्रह गरे।
सराफले मानिसले जीवनमा के छ भन्ने कुरा बुझेर अघि बढ्नुपर्ने उल्लेख गर्दै अन्ततः भगवानबाहेक अरू केही स्थायी नरहने बताए। उनले मृत्यु केवल सास रोकिनु मात्र नभई नैतिकता गुमाउनु पनि एक प्रकारको मृत्यु भएको धारणा व्यक्त गरे।

जीवनमा कठिनाइ आउनु स्वाभाविक प्रक्रिया भएको उल्लेख गर्दै उनले मुस्कानका साथ समस्याबाट बाहिर निस्कनु नै जीवनको कला भएको बताए। “मुस्कानले कठिनाइलाई जित्न सकिन्छ,” उनले भने।
उनले घमण्डले मानिसलाई आफैं विनाशतर्फ लैजाने भन्दै समयसँगै धन र सौन्दर्य दुवै परिवर्तन हुने भएकाले नम्र रहनुपर्ने धारणा राखे। त्यस्तै, सम्बन्धलाई प्रेम र समझदारीबाट मजबुत बनाउनुपर्ने उल्लेख गर्दै उनले “रिसको हथौडाले होइन, प्रेमको चाबीले सम्बन्धको ताला खोल्ने प्रयास गर्नुपर्छ” भन्ने सन्देश दिए।

मानिसलाई उनीहरूको व्यवहारबाट बुझ्नुपर्ने र केवल शब्दमा विश्वास गर्दा भ्रममा पर्न सकिने उनको भनाइ थियो। साथै, भविष्य आफूले निर्माण गर्ने विषय भएकाले सकारात्मक सोच र व्यवहार आवश्यक रहेको उनले जोड दिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

शत्रु भन्दा शत्रुको मित्रबाट बढी सतर्क रहनुपर्छ : समाजसेवी बिमल सरार्फ

पर्सा पोस्ट, साउन ०५ गते, रक्सौल (पूर्वी चम्पारण)। लायन्स इन्टरनेशनल...

गैरकानुनी कर असुलीको आरोप : जितपुर – सिमरा उपमहानगरविरुद्ध उद्योगिको ज्ञापनपत्र , कर फिर्तालो माग

पर्सा पोस्ट, साउन ०५ गते, वीरगञ्ज। जीतपुर–सिमरा उपमहानगरपालिकाले ठेक्का प्रणालीमार्फत...

दुई पटक लगातार गोल्डेन बुट जित्दै एम्बाप्पेले रचे बिश्वकप इतिहास , सर्वाधिक गोलकर्ताको कीर्तिमान पनि आफ्नै नाममा

पर्सा पोस्ट, साउन ०४ गते, वीरगञ्ज । फ्रान्सका सुपरस्टार स्ट्राइकर...