पर्सामा शान्तिपूर्ण मतदान : छपकैया -२ केन्द्रमा ३,३६५ मत खस्यो

Date:

पर्सा पोस्ट , फागुन २१ गते, बिरगंज । प्रतिनिधि सभा सदस्य पदका लागि बिहीबार देशभर भएको मतदान पर्सा जिल्लामा पनि शान्तिपूर्ण र उत्साहपूर्ण रूपमा सम्पन्न भएको छ। चारवटै निर्वाचन क्षेत्रमा मतदाताहरूले सक्रिय सहभागिता जनाउँदै आफ्नो मताधिकार प्रयोग गरेका छन्।

पर्सा क्षेत्र नं. १ अन्तर्गत वीरगञ्ज महानगरपालिका वडा नं. २ छपकैया स्थित ताराचन्द माध्यमिक विद्यालय मतदान केन्द्रमा बिहानैदेखि मतदाताहरूको उल्लेखनीय भीड देखिएको थियो। मतदाताहरू बिहानैदेखि पालोअनुसार लाइनमा बसेर शान्तिपूर्ण रूपमा मतदान गरेका थिए। विशेषगरी महिला मतदाताहरूको सहभागिता उल्लेखनीय देखिएको थियो।

वडा नं. २ मा कुल ५ हजार ५१२ मतदाता रहेकामा ३ हजार ३६५ मत खसेको निर्वाचन अधिकृत इमामुल हक अन्सारीले जानकारी दिएका छन्। उनका अनुसार १ हजार ८१७ पुरुष र १ हजार ५४८ महिला मतदाताले मतदान गरेका छन्।
मतदानलाई व्यवस्थित बनाउन “क” देखि “च” सम्म छुट्टाछुट्टै मतदान केन्द्रको व्यवस्था गरिएको थियो। जसअनुसार
“क” मा ३५० पुरुष र १९८ महिला,
“ख” मा २८३ पुरुष र २८२ महिला,
“ग” मा ३३० पुरुष र २२८ महिला,
“घ” मा ३१३ पुरुष र २४७ महिला,
“ङ” मा ३०८ पुरुष र २३७ महिला,
“च” मा २३३ पुरुष र ३५६ महिला मत खसेको छ।

मतदान सम्पन्न भएपछि नेपाल प्रहरी, सशस्त्र प्रहरी र म्यादी प्रहरीको संयुक्त टोलीले सुरक्षा व्यवस्था कडा बनाउँदै मतपेटिकाहरूलाई स्कटिङ्ग गर्दै ठाकुरराम बहुमुखी क्याम्पस स्थित मतगणना स्थलमा पुर्‍याएका छन्। निर्वाचन कार्यालयका अनुसार आज साँझदेखि मतगणना कार्य सुरु हुने तयारी गरिएको छ।

मतदानपछि स्थानीय मतदाताहरूले शान्तिपूर्ण वातावरणमा मतदान गर्न पाएकोमा खुसी व्यक्त गर्दै योग्य प्रतिनिधि विजयी भई आफ्नो क्षेत्रका समस्या र विकासका मुद्दा संसदमा प्रभावकारी रूपमा उठ्ने विश्वास व्यक्त गरेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

बिरगंजमा डोजर आतंकविरुद्ध व्यवसायी र स्थानीय आक्रोशित , क्षतिपुर्ति माग्दै प्रशासनमा ज्ञापनपत्र

पर्सा पोस्ट, बैशाख १० गते, वीरगञ्ज : हुलाकी राजमार्ग अन्तर्गत...

सडक विस्तारसंगै उलेखिएका रुखको संरक्षण : विरगंजमा उदाहरणीय पुन : वृक्षारोपण अभियान

पर्सा पोस्ट, बैशाख ०८ गते, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकामा जारी...