नेपाल पत्रकार महासंघ पर्साद्वारा स्व. होमनाथ दाहालप्रति श्रर्दान्जली कार्यक्रम सम्पन्न

Date:

पर्सा पोस्ट , पुष २७ गते , बिरगंज ।
नेपाल पत्रकार महासंघका पूर्व केन्द्रिय सभापति तथा वरिष्ठ पत्रकार होमनाथ दाहालको यहि पुष २५ गते ८४ वर्षको उमेरमा भएको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै नेपाल पत्रकार महासंघ पर्सा शाखाले आज श्रद्धाञ्जली कार्यक्रम सम्पन्न गरेको छ।

स्व. दाहालको निधनको दुःखद खबरले नेपाल पत्रकार महासंघ स्तब्ध तथा मर्माहत भएको जनाउँदै महासंघले केन्द्रिय निर्णयअनुसार तीन दिनसम्म केन्द्रिय, प्रदेश तथा जिल्ला शाखा, प्रतिष्ठान शाखा, एसोसिएट तथा संस्थागत तहमा कुनै औपचारिक कार्यक्रम नगर्ने तथा १३ दिनसम्म शोक पुस्तिका राख्ने निर्णय गरेको थियो। सोही निर्णयअनुरूप पर्सा शाखाले स्व. दाहालको सम्झनामा श्रद्धाञ्जली कार्यक्रम आयोजना गरेको हो।

श्रद्धाञ्जली कार्यक्रममा नेपाल पत्रकार महासंघ पर्सा शाखाका अध्यक्ष ओमप्रकाश खनालले स्व. दाहालको तस्बिरमा फूलमाला, पुष्पगुच्छा, टीका तथा अगरबत्ती अर्पण गर्दै भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्नुभयो। कार्यक्रममा उपस्थित पत्रकार तथा सहभागीहरूले स्व. दाहालको पत्रकारिता क्षेत्रमा पुर्‍याएको योगदान, जीवन संघर्ष र समाजप्रतिको समर्पणको स्मरण गर्दै उहाँप्रति गहिरो सम्मान प्रकट गरेका थिए।

कार्यक्रम स्थलमा राखिएको स्व. दाहालको तस्बिरमा पुष्पमाला अर्पण गर्नुका साथै मौनधारण गरी श्रद्धाञ्जली अर्पण गरिएको थियो। साथै सहभागीहरूले स्व. दाहालको आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गरेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

बिरगंजमा डोजर आतंकविरुद्ध व्यवसायी र स्थानीय आक्रोशित , क्षतिपुर्ति माग्दै प्रशासनमा ज्ञापनपत्र

पर्सा पोस्ट, बैशाख १० गते, वीरगञ्ज : हुलाकी राजमार्ग अन्तर्गत...

सडक विस्तारसंगै उलेखिएका रुखको संरक्षण : विरगंजमा उदाहरणीय पुन : वृक्षारोपण अभियान

पर्सा पोस्ट, बैशाख ०८ गते, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकामा जारी...