राम – जानकी मन्दिरको सौन्दर्यकरण तीब्र : मेयर सिंह स्वयं स्थलमा पुगेर दिए स्पष्ट निर्देशन

Date:

पर्सा पोस्ट, मंसिर २५ गते, बिरगञ्ज।
बिरगञ्ज महानगरपालिका–१० घडिर्वा पोखरी नजिक अवस्थित ऐतिहासिक तथा सांस्कृतिक महत्त्व बोकेको राम–जानकी मन्दिरको सौन्दर्यकरण तथा दीर्घकालीन विकास योजनालाई तीव्रता दिन मेयर राजेशमान सिंह आज स्वयं स्थलमै पुगेर विस्तृत अनुगमन गर्नुभयो।

निरीक्षणका क्रममा वडा अध्यक्ष सुशील साहको विशेष उपस्थितिमा मेयर सिंहले स्थानीय बासिन्दासँग प्रत्यक्ष संवाद गर्दै मन्दिरको वर्तमान अवस्था, आवश्यक पूर्वाधार, संरचनागत कमीकमजोरी र पर्यटकीय सम्भावनाका विषयमा सूक्ष्म अध्ययन गर्नुभएको थियो।

मन्दिर क्षेत्रलाई थप सुरक्षित, आकर्षक र व्यवस्थित बनाउने लक्ष्यसहित मेयर सिंहले मार्ग विस्तार, सोलार तथा आधुनिक बत्ती व्यवस्था, सफाइ सुदृढीकरण, हरियाली विस्तार, ढल निकास सुधार, पार्किङ व्यवस्थापन तथा आवश्यक संरचनागत विकासलाई पहिलो प्राथमिकतामा राखी तत्काल काम अघि बढाउन प्राविधिक टोलीलाई स्पष्ट निर्देशन दिनुभयो।

स्थानीय समुदायको सुझावलाई आधार बनाउँदै धार्मिक तथा सांस्कृतिक महत्व बोकेको राम–जानकी मन्दिरलाई धार्मिक पर्यटनको प्रमुख गन्तव्य बनाउन सकिने सम्भावनामा मेयर सिंहले जोड दिनुभयो।

उनले स्वन्दिकरण कार्यलाई छिटो, दिगो र प्रभावकारी रूपमा अघि बढाइने प्रतिबद्धता व्यक्त गर्दै महानगर निरन्तर सक्रिय रहने आश्वासन दिनुभयो।

आजको निरीक्षणले मन्दिर क्षेत्रको विकास योजना महत्त्वपूर्ण चरणमा प्रवेश गरेको स्पष्ट भएको स्थानीयवासीहरूले प्रतिक्रिया जनाएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

आध्यात्मिक चेतना र सकारात्मक सोचले जिवनलाई सार्थक बनाउँछ : बिमल सरार्फ

पर्सा पोस्ट , जेष्ठ ३१ गते , रक्सौल, पूर्वी...