मूनलाईट स्कुलमा स्काउट विद्यार्थीद्वारा सामुदायिक सरसफाइ अभियान

Date:

पर्सा पोस्ट, मंसिर २५ गते, बिरगंज ।
मूनालाइट स्कुलका कक्षा ७ र ८ मा अध्ययनरत स्काउट विद्यार्थीहरूले आज सामुदायिक सरसफाइ अभियान सञ्चालन गरेका छन्। स्काउट ड्रेसमै सज्जित विद्यार्थीहरूले ६ नं. गेट क्षेत्रदेखि कुम्हाल टोलका विभिन्न स्थानमा सडक, वरिपरिका क्षेत्र तथा सार्वजनिक स्थानहरू सफा गरेका छन्। विद्यालयले अभियानलाई अत्यन्तै प्रभावकारी ढंगले सम्पन्न गरिएको जनाएको छ।

सरसफाइ क्रममा छात्र–छात्राहरूले झाडू, कचरा बोरा तथा अन्य सरसफाइ सामग्रीको प्रयोग गर्दै सक्रिय भूमिका निभाएका थिए। विद्यार्थीहरूको यो पहलप्रति स्थानीय बासिन्दा र टोल समाजले प्रसंशा व्यक्त गर्दै नियमित रूपमा यस्ता सामाजिक गतिविधिले टोल सफा–सुगम र सुन्दर बन्न सहयोग पुग्ने धारणा राखेका छन्।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक श्याम के.सी. र भूपनारायण पटेलको समेत उपस्थिति रहेको थियो। विद्यार्थीहरूले “आफ्नो टोल सफा राखौं” भन्ने संदेशसहित सडक तथा खुला स्थानमा फालिएको प्लास्टिक र फोहोर संकलन गर्दै स्थानीयवासीमा सरसफाइप्रतिको जागरूकता फैलाएका थिए।

यसैक्रममा वडा नं. ५ का वडा अध्यक्ष प्रदीप चौरसियाले पनि अभियानमा उपस्थित भई विद्यार्थीसँग सरसफाइको महत्वबारे चर्चा गर्दै आवश्यक सहयोग प्रदान गरेका थिए।

विद्यालयका अनुसार स्काउट विद्यार्थीहरूले भोलि कुम्हाल टोलमा बिहान १० बजेबाट घर–घर पुगेर “आफ्नो घर वरिपरि सफा राखौं” भन्ने विषयमा मौखिक जानकारी दिने तथा सरसफाइसम्बन्धी पम्पलेट वितरण गर्ने कार्यक्रम तय गरिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

बिरगंजमा कडाई : नम्बर प्लेट बिहिन १३ अवैध ईभी स्कुटर नियन्त्रणमा

पर्सा पोस्ट, बैशाख १३ गते, वीरगञ्ज । वीरगञ्जमा ट्राफिक प्रहरीले...

बिरगंज महानगरको अबैध कर संकलनमा अदालतको ब्रेक , सान्सद पन्तको पहल सफल

पर्सा पोस्ट, बैशाख ११ गते, वीरगञ्ज । जनहितका मुद्दामा निरन्तर...