पर्सा पोस्ट, मंसिर ०७ गते, रौतहट ।
राष्ट्रिय निषाद संघ रौतहटको प्रथम जिल्ला भेला शनिबार भव्यरूपमा सम्पन्न भएको छ। संघका प्रमुख संरक्षक विजय प्रकाश निषादको प्रमुख आतिथ्यता तथा गरुडा नगरपालिका–३ का वडाध्यक्ष अम्बिका सहनीको सभापतित्वमा आयोजित उक्त भेलामा संघका केन्द्रीय अध्यक्ष संजिता मुखिया निषादको विशेष उपस्थिति रहेको थियो।
कार्यक्रममा निषाद समुदायका प्रमुख विशिष्ट व्यक्तित्वहरूको उल्लेखनीय सहभागिता रह्यो। विशेष आमन्त्रितका रूपमा चन्दन सहनी निषाद, हरिन्द्र सहनी, मनिला सहनी, मनोज सहनी, पारस सहनी, सुरेश सहनी, दशैं सहनी, सोहराई मुखिया, सोभी सहनी, डा. परमानन्द मुखिया, कोशिला नुनिया, वडाध्यक्ष अवधेश सहनीलगायतका बुद्धिजीवी तथा समुदाय प्रतिनिधिहरूले मन्तव्य व्यक्त गर्दै निषाद समुदायको अधिकार, पहिचान र संगठन सुदृढीकरणका विषयमा जोड दिए।
भेलाले विवेकानन्द सहनीको अध्यक्षतामा १० सदस्यीय राष्ट्रिय निषाद संघ जिल्ला कार्यसमिति रौतहट गठन गरेको छ। नवगठित समितिको कार्यसमिति यस प्रकार रह्योः
• अध्यक्ष: विवेकानन्द सहनी
• उपाध्यक्ष: फेकन सहनी
• सचिव: सत्येन्द्र महतो नुनिया
• सह–सचिव: जगरनाथ मुखिया
• कोषाध्यक्ष: सुगान्धी मुखिया
• सदस्यहरू: विमा मुखिया, पनिलाल महतो, तारकेश्वर सहनी, नथुनी सहनी, रामेश्वर सहनी
जिल्ला भेलाले निषाद समुदायलाई संगठित, सशक्त र अधिकारप्राप्त बनाउने उद्देश्यसहित आगामी दिनमा विभिन्न योजनाहरू अघि बढाउने प्रतिबद्धता व्यक्त गरेको छ।