पर्सा पोस्ट, मंसिर ०४ गते, बिरगंज।
बीरगंज महानगरपालिकाको आयोजनामा तथा सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण हेडक्वार्टर पर्सा, ग्रीन सिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगर र जिल्ला प्रहरी कार्यालय पर्साको सहकार्यमा नयाँ सीमा सुरक्षा बिट निर्माण कार्यको शिलान्यास गरिएको छ।
ग्रीन सिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगरका अध्यक्ष जयप्रकाश खेतानको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नगर प्रमुख राजेशमान सिंह प्रमुख अतिथिका रूपमा उपस्थित थिए।
कार्यक्रमका विशेष अतिथिहरूमा जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख सिडियो भोला दहाल, जिल्ला प्रहरी कार्यालय पर्साका डीएसपी राजु कार्की, ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख युबराज कटवाल, सरसफाई महाशाखाका सर्फुदिन मिया, महानगरपालिकाका नगर प्रहरी प्रमुख हरि भुसाल, सशस्त्र प्रहरी बल नं. १३ गण हेडक्वार्टरका प्रमुख पुरन चन्द्र भट्ट, बीरगंज भन्सार कार्यालयका डीएसपी पुरुषोत्तम भण्डारी, नेपाल इनोभेटिभ सोसाइटी बिरगंजका अध्यक्ष कमल चौगाई तथा अन्य विशिष्ट व्यक्तित्वहरू सहभागी थिए।
कार्यक्रममा महानगरका पदाधिकारी, सामुदायिक प्रहरी सेवा केन्द्रका प्रतिनिधि, सञ्चारकर्मी, नागरिक समाजका प्रतिनिधि तथा स्थानीयवासीहरूको उल्लेखनीय उपस्थिति देखिएको थियो।
बीरगंज वडा नं. १६ अन्तर्गत मिलेरी पुल नजिक निर्माण हुन लागेको सीमा सुरक्षा बिटले सीमामा सुरक्षा संयन्त्रलाई थप सुदृढ बनाउने नगर प्रमुख सिंहले बताए। उनले बीरगंज जस्तो सीमावर्ती सहरमा सुरक्षा पूर्वाधार अत्यावश्यक भएको उल्लेख गर्दै, नयाँ बिट निर्माणले अवैध क्रियाकलाप नियन्त्रण, सुरक्षा संयन्त्रको कार्यक्षमता वृद्धि र स्थानीयको सुरक्षामा सकारात्मक प्रभाव पर्ने विश्वास व्यक्त गरे