हिमालयन पिरामिट कलेजमा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न , ७ महिला सहित ४० जनाले गरे रक्तदान

Date:

पर्सा पोस्ट, कार्तिक २६ गते, वीरगञ्ज । वीरगञ्ज महानगरपालिका–११ श्रीपुरस्थित हिमालयन पिरामिट कलेज (+२ साइन्स) मा बुधबार एकदिने खुला रक्तदान कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा ७ जना महिला सहित ४० जनाले रक्तदान गरेका छन्।

कलेज परिसरमै सम्पन्न रक्तदान कार्यक्रममा विद्यार्थी, शिक्षक, अभिभावक र स्थानीय बासिन्दाको उत्साहजनक सहभागिता रहेको थियो। रक्तदान कार्यक्रमको उद्घाटन कलेजका सञ्चालक समिति सदस्य मनोज केसरी र प्रविण सिंहले संयुक्त रूपमा रक्तदान गरेर गर्नुभएको हो।

कार्यक्रमका प्रमुख अतिथिका रूपमा सहभागी मधेश विश्वविद्यालयका रजिष्ट्रार विजय कुमार यादवले हिमालयन पिरामिट कलेजले शिक्षा सँगसँगै समाजप्रतिको उत्तरदायित्व पनि पूरा गरिरहेको बताउनुभयो। उहाँले भन्नुभयो, “हिमालयन पिरामिट कलेजले शैक्षिक क्षेत्रसँगै सेवा भावना र मानवता जगाउने काम गर्दै आएको छ। यस्तो अभियानले युवाहरूमा सामाजिक उत्तरदायित्वको चेतना जागृत गर्छ।”

सञ्चालक समिति सदस्य मनोज केसरीले कलेजले छोटो अवधिमै वीरगञ्जमा आफ्नो छुट्टै पहिचान बनाउन सफल भएको बताउँदै भने, “हामी विद्यार्थीहरूको शैक्षिक गुणस्तर र नैतिक मूल्यमा केन्द्रित छौं। हाम्रो उद्देश्य केवल शिक्षा प्रदान गर्नु मात्र होइन, जिम्मेवार नागरिकका रूपमा विद्यार्थी तयार पार्नु पनि हो।”

कार्यक्रममा प्रमुख अतिथि यादवले रक्तदाताहरूलाई प्रमाणपत्र वितरण गर्नुभएको थियो। रक्त सङ्कलन कार्य रक्त संचार केन्द्रको प्राविधिक सहयोगमा सम्पन्न भएको हो। कलेजका सञ्चालक मनोज केसरीका अनुसार रक्तदान गर्नेहरूमध्ये मनोज केसरी, प्रविण सिंह, रितिक रोशन यादव, शिवचन्द्र यादव, बिजय कुमार यादव लगायत ४० जना रहेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

आध्यात्मिक अभ्यासमार्फत आत्मा- परमात्माको एकता सम्भव : बिमल सरार्फ

पर्सा पोस्ट, बैशाख १४ गते, रक्सौल (पूर्वी चम्पारण) । आत्मा...

विपन्न दलित परिवारको बिहेमा खाद्यन्न सहयोग , स्थानीयबाट मनविय उदाहरण प्रस्तुत

पर्सा पोस्ट, बैशाख १४ गते, वीरगञ्ज । पर्साको जगरनाथपुर गाउँपालिका–२...

बिरगंजमा कडाई : नम्बर प्लेट बिहिन १३ अवैध ईभी स्कुटर नियन्त्रणमा

पर्सा पोस्ट, बैशाख १३ गते, वीरगञ्ज । वीरगञ्जमा ट्राफिक प्रहरीले...