उपभोक्ता संरक्षण कार्यालयद्वारा अनुगमन , ५ व्यवसायी माथि कार्वाही

Date:

वीरगञ्ज । बाराको जितपुरस्थित बजार क्षेत्रमा वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय, बीरगंजको टोलीले अनुगमन गरेको छ। अनुगमनको क्रममा पाँच जना व्यवसायीमाथि आवश्यक कागजात नदेखाएको र म्याद सकिएका वस्तुहरू बिक्री वितरण गरेको आधारमा कारबाही गरिएको छ।

अनुगमन टोलीले बजारमा बिक्री वितरण भइरहेका वस्तुहरूको मूल्यसूची, खरिद–बिक्री बिल, साइनबोर्ड तथा प्यान–भ्याट दर्ता सम्बन्धी कागजातहरू जाँच गरेको थियो। कार्यालयका अनुसार केही व्यवसायीहरूले अनिवार्य कागजात प्रस्तुत नगरेको र उपभोक्ता अधिकारविपरीत गतिविधि गरेको पाइएको थियो।

वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय, बीरगंजले जनाएको अनुसार बजार अनुगमन दैनिक कार्य अन्तर्गत पर्ने भएकाले यसलाई छड्के रूपमा निरन्तर गरिनेछ।

अनुगमन टोलीमा जीतपुरसिमरा उपमहानगरपालिका कार्यालय, इलाका प्रशासन कार्यालय सिमरा, जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघका प्रतिनिधि लगायतको सहभागिता रहेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

ध्यान मानव आत्माको अमृत यात्रा हो: बिमल सरार्फ

पर्सा पोस्ट , असार ०६ गते , रक्सौल, पूर्वी...

नारायणी अस्पतालमा ३ बर्षदेखि निरन्तर नि:शुल्क भोजन सेवा : सत्य साई सेवा केन्द्रद्वारा खाद्यान्न सहयोग

पर्सा पोस्ट, असार ६ गते, वीरगञ्ज । वीरगञ्जस्थित नारायणी अस्पताल...

श्री बिन्दवासिनि माई टि -२० क्रिक्रेट प्रतियोगिता भब्य रुपमा उद्घाटन

पर्सा पोस्ट , असार ०६ गते , वीरगञ्ज । वीरगञ्ज...