गुणराज पाठक मेमोरियल नर्सिङ क्याम्पसमा नयाँ विद्यार्थीहरुको स्वागत कार्यक्रम सम्पन्न

Date:

पर्सा पोस्ट, कार्तिक २६ गते, वीरगंज । बीरगंज महानगरपालिका–१४, पिपरा स्थित गुणराज पाठक मेमोरियल नर्सिङ क्याम्पसमा अध्ययनरत नयाँ विद्यार्थीहरूलाई स्वागत गर्न एक भव्य कार्यक्रम सम्पन्न भएको छ।

“WELCOME PROGRAM – PCL Nursing 2nd Year” शीर्षकमा आयोजित उक्त कार्यक्रम बीरगंजस्थित भिष्वा होटलमा सम्पन्न भएको थियो। कार्यक्रममा प्रमुख अतिथिका रूपमा उपस्थित वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहले नर्सिङ पेशा सेवा, समर्पण र मानवतासँग जोडिएको महत्वपूर्ण पेसा भएको उल्लेख गर्दै विद्यार्थीहरूलाई आफ्नो अध्ययनमा समर्पित र प्रतिबद्ध रहन आग्रह गरे।

मेयर सिंहले गुणराज पाठक मेमोरियल नर्सिङ क्याम्पसले छोटो समयमा नै नर्सिङ शिक्षाको क्षेत्रमा उत्कृष्ट योगदान पुर्‍याउँदै आएको भन्दै प्रशंसा गरे। साथै, दक्ष र सेवाभावी नर्स तयार गर्न क्याम्पसको भूमिकालाई महत्वपूर्ण रहेको उनले जोड दिए।

कार्यक्रममा क्याम्पस प्रमुख, शिक्षक–शिक्षिका, विद्यार्थी, अभिभावक तथा अतिथिहरूको उत्साहजनक सहभागिता रहेको थियो। स्वागत कार्यक्रमको क्रममा नयाँ विद्यार्थीहरूले सांस्कृतिक प्रस्तुति, गीत, कविता र अनुभव–विचारहरू प्रस्तुत गर्दै माहोललाई उत्साहमय बनाएका थिए।

गुणराज पाठक मेमोरियल नर्सिङ क्याम्पस Council for Technical Education and Vocational Training (CTEVT) अन्तर्गत सञ्चालित संस्था हो। कार्यक्रममा धन्यवाद ज्ञापन गर्दै आयोजक समितिले सहभागी सबैप्रति आभार व्यक्त गरेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

आध्यात्मिक अभ्यासमार्फत आत्मा- परमात्माको एकता सम्भव : बिमल सरार्फ

पर्सा पोस्ट, बैशाख १४ गते, रक्सौल (पूर्वी चम्पारण) । आत्मा...

विपन्न दलित परिवारको बिहेमा खाद्यन्न सहयोग , स्थानीयबाट मनविय उदाहरण प्रस्तुत

पर्सा पोस्ट, बैशाख १४ गते, वीरगञ्ज । पर्साको जगरनाथपुर गाउँपालिका–२...

बिरगंजमा कडाई : नम्बर प्लेट बिहिन १३ अवैध ईभी स्कुटर नियन्त्रणमा

पर्सा पोस्ट, बैशाख १३ गते, वीरगञ्ज । वीरगञ्जमा ट्राफिक प्रहरीले...