धोबिनी -३ का युवाहरूद्वारा बजेट खर्च विवरण सार्वजनिक गर्न माग

Date:

पर्सा पोस्ट, कार्तिक १७ गते, बिरगंज।
पर्सा जिल्लाको धोबीनी गाउँपालिका–३ का स्थानीय युवाहरुले आर्थिक वर्ष २०८०/८१ र २०८१/८२ मा विनियोजित बजेट तथा त्यसको खर्च विवरण सार्वजनिक गर्न माग गर्दै लिखित निवेदन पेस गरेका छन्।

स्थानीय युवा नेता सलमान अहमदको अगुवाइमा युवाहरुको टोलीले आइतबार वार्ड कार्यालय पुगेर उक्त निवेदन बुझाएको हो। उनीहरूले निवेदनमार्फत पारदर्शिता, जवाफदेहिता र विकास योजनामा स्थानीय सहभागिताको सुनिश्चितता गर्न आग्रह गरेका छन्।

निवेदन बुझाउने क्रममा युवा नेता अहमदले भने, “हामीलाई हाम्रो वार्डमा आएको बजेट कहाँ, कसरी खर्च भयो भन्ने जानकारी हुनु आवश्यक छ। जनप्रतिनिधिले विकासबारे स्पष्टता दिनुपर्छ।”

जवाफमा वार्ड अध्यक्ष राजकिशोर प्रसाद कुर्मीले निवेदनको अध्ययन गरी आवश्यक प्रक्रिया अघि बढाइने र तीन दिनभित्र सूचना तथा खर्च विवरण सार्वजनिक गर्ने आश्वासन दिएका छन्।

युवाहरुले छिटोभन्दा छिटो सार्वजनिक सुनुवाइको मिति तय गरी वित्तीय विवरण सार्वजनिक गर्न पनि माग गरेका छन्। यसअघि पनि गाउँपालिकास्तरमा बजेट पारदर्शिताबारे सवाल उठ्दै आएको थियो।
स्थानीय युवाहरुको यो पहलले भविष्यमा उत्तरदायित्व र पारदर्शिताको संस्कार निर्माणमा मद्दत पुग्ने अपेक्षा गरिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

हेटौँडामा प्रतिबन्धित जुंगे माछाको अवैध कारोबार फेला, ३०० किलो बरामद गरी नष्ट

पर्सा पोस्ट, असोज २१ गते, वीरगञ्ज । नेपालमा प्रतिबन्धित जुंगे...

वीरगञ्ज–२ छपकैयाबाट रास्वपाको ‘हामी आउँदैछौँ’ अभियान सुरु

पर्सा पोस्ट, असोज २१ गते, वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टी...

विद्यालयबाटै उपभोक्ता शिक्षा : बर्दघाटका २६ विद्यालयमा सचेतना अभियान

पर्सा पोस्ट , असोज २० गते , बर्दघाट । उपभोक्ताको...