बिरगंज युवा समाजद्वारा दिपावली एवं छ्ठको सुभकामना आदानप्रदान तथा ‘ फेरि भेटौल’ कार्यक्रम सम्पन्न

Date:

पर्सा पोस्ट, ३१ असोज, बिरगंज। बिरगंज युवा समाजले दिपावली एवं छठ महापर्वको अवसरमा शुभकामना आदानप्रदान तथा ‘फेरि भेटौला’ कार्यक्रम सभ्य र भव्य रूपमा सम्पन्न गरेको छ।

कार्यक्रम बिरगंज युवा समाजका अध्यक्ष सञ्जीव थापाको अध्यक्षता र होटल एसोसिएसन मधेश प्रदेशका उपाध्यक्ष एवं होटल मकालु बिरगंजका महाप्रबन्धक मोहन श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो।

सो कार्यक्रममा बिरगंजका दुई जना प्रहरी निरीक्षक — जिल्ला ट्राफिक प्रहरी प्रमुख लोकराज भट्ट र बिर्ता वडा प्रहरी कार्यालयका प्रमुख निरोज चौलागाईंलाई सम्मान तथा बिदाइ गर्दै ‘फेरि भेटौला’ कार्यक्रम मनाइएको थियो।

प्रमुख अतिथि श्रेष्ठले नेपालीहरूको महान पर्व दिपावली र छठले सांस्कृतिक एकता, स्नेह र भाइचारालाई बलियो बनाउने उल्लेख गर्दै पर्वको मर्म अनुसार मनाउन आग्रह गरे। उनले दुबै राष्ट्रसेवकको बिरगंजमा शान्ति–सुरक्षाप्रति गरेको योगदानको प्रशंसा गर्दै, “उहाँहरू जहाँ गए पनि जनताको मन जितेर प्रहरी संगठनको नाम उच्च बनाउनेछन्” भन्ने विश्वास व्यक्त गरे।

त्यसैगरी, विशिष्ट अतिथीद्वय भट्ट र चौलागाईंले बिरगंज युवा समाजलाई समाजपरिवर्तनको अग्रणी संस्था भन्दै प्रशंसा गरे। उनीहरूले समाजले संकट र आपतका बेला देखाएको सक्रियता सराहनीय रहेको उल्लेख गर्दै नयाँ पुस्ताका युवाहरूले उठाएका भ्रष्टाचारविरोधी अभियानमा समाजले पनि जिम्मेवारीपूर्वक साथ दिनुपर्नेमा जोड दिए।

कार्यक्रमका अध्यक्ष सञ्जीव थापाले समाजले गत १३ वर्षदेखि सामाजिक विकृति, विसङ्गति र कुप्रथासँग लड्दै आएको बताउँदै भूकम्प, बाढी, आगलागी, हुरीबतास लगायतका विपद्मा सहयोगका लागि देशका विभिन्न स्थानमा पुगेर सेवा गर्दै आएको जानकारी दिए। उनले दुई प्रहरी निरीक्षकले बिरगंजमा उत्कृष्ट कार्य गरेका भन्दै “आगामी दिनमा डिएसपी वा एसपी भएर बिरगंजमै फर्केर आउनुहोस्, फेरि भेटौंला,” भन्दै शुभकामना व्यक्त गरे।

कार्यक्रममा समाजका उपाध्यक्ष सानू राणा, सदस्यहरू सुशील श्रेष्ठ, पूर्ण गुरुङ, कमलेश सराफ, सृष्टि बिष्ट, सैयद अन्सारी, निरज श्रेष्ठ, काजल कोइराला, पुष्पराज कोइराला, सुमन पौडेल, मौसमी, मनोज गुप्ता, जगत गुप्ता, सुशील सिंह, राजु गुप्ता लगायतको उपस्थिति रहेको थियो।

कार्यक्रमको सहजीकरण समाजका सदस्य विनोद धिमालले गरेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

आध्यात्मिक अभ्यासमार्फत आत्मा- परमात्माको एकता सम्भव : बिमल सरार्फ

पर्सा पोस्ट, बैशाख १४ गते, रक्सौल (पूर्वी चम्पारण) । आत्मा...

विपन्न दलित परिवारको बिहेमा खाद्यन्न सहयोग , स्थानीयबाट मनविय उदाहरण प्रस्तुत

पर्सा पोस्ट, बैशाख १४ गते, वीरगञ्ज । पर्साको जगरनाथपुर गाउँपालिका–२...

बिरगंजमा कडाई : नम्बर प्लेट बिहिन १३ अवैध ईभी स्कुटर नियन्त्रणमा

पर्सा पोस्ट, बैशाख १३ गते, वीरगञ्ज । वीरगञ्जमा ट्राफिक प्रहरीले...