मास्कट एकाडेमिमा अन्तर सदन देउसी- भैलो कार्यक्रम भब्य रुपमा सम्पन्न

Date:

पर्सा पोस्ट, कार्तिक १ गते, बिरगंज।सांस्कृतिक परम्पराको संरक्षण र विद्यार्थीमा सिर्जनशीलता अभिवृद्धि गर्ने उद्देश्यले मास्कट एकाडेमी, कुम्हालटोलले अन्तर सदन देउसी–भैलो कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ।

कार्यक्रमका प्रमुख अतिथि वीरगंज महानगरपालिका वडा नं. ५ का वडा अध्यक्ष प्रदिप चौरसिया रहनुभएको थियो।
विशिष्ट अतिथिको रूपमा प्याब्सन पर्साका अध्यक्ष सरोज चौधरी, वडा नं. ४ का वडा अध्यक्ष जगत साह कानु, मार्टिन मोक्तान, समाजसेवी बिपिन साह तुरहा, निर्देशक बिजय साह, महम्द वेस, वडा सदस्य सन्जु दहाल लगायतका विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो।

कार्यक्रम मास्कट एकाडेमीका संस्थापक छेडुप लामाको अध्यक्षतामा सम्पन्न गरिएको थियो। विद्यालयकी प्रिन्सिपल सरिता खडकीले स्वागत मन्तव्य दिँदै विद्यालयले सांस्कृतिक सम्पदाको संरक्षणसँगै गुणस्तरीय शिक्षा प्रदान गर्न निरन्तर प्रयत्नशील रहेको बताउनुभयो।

अन्तर सदन प्रतियोगिताको रूपमा आयोजित देउसी–भैलो कार्यक्रममा विद्यार्थीहरूले आफ्नो सदनको प्रतिनिधित्व गर्दै नाच, गीत र विविध सांस्कृतिक प्रस्तुति दिएका थिए।

विद्यार्थीहरूको आकर्षक पोशाक, पारम्परिक भेषभूषा र जोशपूर्ण प्रस्तुतिले कार्यक्रमलाई झन् मनमोहक र जीवन्त बनाएको थियो।

विद्यालयका अनुसार, यस किसिमका कार्यक्रमहरूले विद्यार्थीहरूमा टीम–स्पिरिट, नेतृत्व क्षमता र सांस्कृतिक जडप्रतिको सम्मान अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्दछन्।

कार्यक्रममा विद्यालयका शिक्षक, शिक्षिका, अभिभावक, विद्यार्थी तथा सञ्चारकर्मीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रमको अन्त्यमा विजेता सदनलाई पुरस्कार वितरण गर्दै प्रमुख अतिथि प्रदिप चौरसियाले विद्यार्थीहरूलाई संस्कृतिको जगेर्ना र सहकार्यको भावना विकास गर्न प्रेरित गर्नुभयो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

आध्यात्मिक अभ्यासमार्फत आत्मा- परमात्माको एकता सम्भव : बिमल सरार्फ

पर्सा पोस्ट, बैशाख १४ गते, रक्सौल (पूर्वी चम्पारण) । आत्मा...

विपन्न दलित परिवारको बिहेमा खाद्यन्न सहयोग , स्थानीयबाट मनविय उदाहरण प्रस्तुत

पर्सा पोस्ट, बैशाख १४ गते, वीरगञ्ज । पर्साको जगरनाथपुर गाउँपालिका–२...

बिरगंजमा कडाई : नम्बर प्लेट बिहिन १३ अवैध ईभी स्कुटर नियन्त्रणमा

पर्सा पोस्ट, बैशाख १३ गते, वीरगञ्ज । वीरगञ्जमा ट्राफिक प्रहरीले...