बिरगंजमा हैजा नियन्त्रण नभएपछी विद्यालय तिन दिनका लागि पुन: बन्द

Date:

पर्सा पोस्ट, भदौ १५ गते, बिरगंज । बिरगंज महानगरपालिकामा हैजाको प्रकोप नियन्त्रणमा नआएपछि सम्पूर्ण विद्यालय, कोचिङ सेन्टर तथा इन्स्टिच्युटहरू आगामी तीन दिनका लागि बन्द हुने भएका छन्।

महानगर प्रमुख राजेशमान सिंहको अध्यक्षतामा शनिबार बिहान बसेको बैठकले आइतबार (भदौ १६) देखि मङ्गलवार (भदौ १८) सम्म विद्यालयहरू बन्द गर्ने निर्णय गरेको हो। यसअघि भदौ ८–९ गते पहिलो पटक र भदौ ११–१३ गते दोस्रो पटक विद्यालय बन्द गरिएको थियो। तर हैजाको सङ्क्रमण अझै नियन्त्रणमा नआएकाले तेस्रोपटक पनि विद्यालय बन्दको अवधि थपिएको हो।
बैठकले बन्द अवधिमा विद्यालयहरूलाई शौचालय तथा खानेपानीको ट्याङ्की सफा गर्न, क्लोरिन प्रयोग गरी पानी शुद्धीकरण गर्न, स्वास्थ्य संस्थासँग समन्वय गर्न र विद्यार्थीहरूको स्वास्थ्य अवस्थाबारे जानकारी दिन निर्देशन दिएको छ।

यसैबीच, महानगरले हैजा नियन्त्रणका लागि विभिन्न कदम चालेको छ। स्ट्रिट फुड (पानीपुरी, चाट, पुच्का, भाजा आदि) मा पूर्ण प्रतिबन्ध लगाइएको छ भने टोल–टोलमा स्वास्थ्यकर्मी परिचालन गरी “पानी उमालेर मात्र पिउनु, फलफूल–तरकारी राम्ररी धोएर पकाएर खानु, काँचो वा बासी खाद्यपदार्थ नखानु र व्यक्तिगत सरसफाइमा ध्यान दिनु” भन्ने सन्देशसहित जनचेतना अभियान तीव्र बनाइएको छ।

शैक्षिक प्रशासन महाशाखाका प्रमुख आनन्द लामिछानेका अनुसार, विद्यालय बन्द अवधिमा शिक्षक तथा कर्मचारीलाई समुदायस्तरमा जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने जिम्मेवारी दिइएको छ। विद्यालयहरूले हैजा नियन्त्रणसम्बन्धी पोस्टर, पम्प्लेट तथा अन्य सामग्री महाशाखाबाट प्राप्त गर्न सक्नेछन्।

यस्तै, महानगरले हैजा तथा झाडापखालाका बिरामीहरूको निःशुल्क उपचारको व्यवस्था गरेको छ भने बोरिङ तथा खानेपानी संस्थानमार्फत वितरण हुने पानीको पाइपलाइन व्यवस्थापनमा विशेष ध्यान दिइएको जनाएको छ।

महानगरले हैजाको प्रकोप पूर्ण रूपमा नियन्त्रण नहुन्जेल यस्ता प्रयासलाई निरन्तरता दिने र नागरिकलाई सचेत रहन आग्रह गरेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

” पुजा घ्यू बन्द गराउने हाम्रो कार्यक्षेत्र हैन”, सुरेश सिंह – कार्यालय प्रमुख

पर्सा पोस्ट, बैशाख १५ गते , वीरगञ्ज । खाद्य प्रविधि...

मानसिक एकाग्रताले सफलता दिलाउछ : सामाजिक कार्यकर्ता बिमल सरार्फ

पर्सा पोस्ट , बैशाख १५ गते , रक्सौल, पूर्वी...

आध्यात्मिक अभ्यासमार्फत आत्मा- परमात्माको एकता सम्भव : बिमल सरार्फ

पर्सा पोस्ट, बैशाख १४ गते, रक्सौल (पूर्वी चम्पारण) । आत्मा...

विपन्न दलित परिवारको बिहेमा खाद्यन्न सहयोग , स्थानीयबाट मनविय उदाहरण प्रस्तुत

पर्सा पोस्ट, बैशाख १४ गते, वीरगञ्ज । पर्साको जगरनाथपुर गाउँपालिका–२...