बिरगंज युवा समाजद्वारा यहि भदौ २१ गते रक्तदान कार्यक्रम गर्ने

Date:

पर्सा पोस्ट ,भदौ ४ गते बिरगंज । बिरगंज युवा समाजले यहि भदौ २१ गते रक्तदान कार्यक्रमको आयोजना गर्ने भएको छ ।

परिवर्तनको लागि बिरगंज युवा समाजको नारालाई मुलमन्त्र बनाइ देश समाजमा रहेको कृति बिकृती कुप्रथाहरुको विभिन्न कार्यक्रम मार्फत बिरोध गर्दै जनचेतना फैलाउदै निर्मुल पार्नुको साथै दिन दुखी असहाय बिपन्नको सेवा सहयोग गर्दै आएको समाजले रक्तसञ्चार केन्द्र बिरगंजमा रगतको अभाव भएको खबर प्राप्त भए पश्चात् शनिबार बसेको बैठकले सो रक्तदान कार्यक्रम गर्ने निर्णय गरेको हो।

बिरगंज युवा समाजका अध्यक्ष संजीव थापाको अध्यक्षतामा सम्पन्न सो बैठकले होटल मकालुको सभाहलमा यहि भदौ २१ गते शनिबारको दिन बिहान ७ बजे देखि दिउँसो १ बजे सम्म सदस्य विवेक बेरिवालको संयोजकत्वमा गर्ने निर्णय गरेको हो ।

सो अवसरमा अध्यक्ष थापाले रक्तदान भनेको दिनेलाइ केही घाटा हुदैन र लिने लाई त कति फाईदा कति फाईदा मात्र हुने हैन की जीवन नै बाच्ने भएकोले र रक्तसञ्चार केन्द्र बिरगंजमा रगतको अभाव भएकोले बिरगंजको नारायणी अस्पताल लगायत विभिन्न अस्पतालहरुमा उपचाररत बिरामिहरुको उपचारमा निकै समस्या आइरहेको खबर प्राप्त भएकोले रक्तदान कार्यक्रममा रक्तदान गर्न गराउन सबैले हातेमालो गरि मानवता बलियो बनाउन आव्हान  गरेका छन ।

होटल मकालुमा सम्पन्न सो बैठकमा समाजका उपाध्यक्ष सुभद्रा राणा ,सदस्यहरु पुर्ण बहादुर गुरुङ ,सुशील श्रेष्ठ , लालबाबु सिंह ,सृष्टि बिस्ट,बिनोद धिमाल ,मौसमी सुनुवार राणा,सुदेश लाखे ,  बिक्रान्त खनाल , विवेक  बेरिवाल,उमेश श्रेष्ठ ,सुमन पौडेल, मनोज गुप्ता,अस्मिता थापा, सुशील सिंह ,  सैयाद अंसारी लगायतको सहभागिता रहेको थियो ।

सो अवसरमा सहभागिहरुले रक्तदानले कसको जीवन बचाउन सकिने भएकोले यस्तो पवित्र कार्य गर्ने सबै इश्वरका साक्षात दुत हुन भन्दै सम्पुर्ण युवा , अग्रज ,महिलाहरुलाइ रक्तदान गर्न आग्रह गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

” पुजा घ्यू बन्द गराउने हाम्रो कार्यक्षेत्र हैन”, सुरेश सिंह – कार्यालय प्रमुख

पर्सा पोस्ट, बैशाख १५ गते , वीरगञ्ज । खाद्य प्रविधि...

मानसिक एकाग्रताले सफलता दिलाउछ : सामाजिक कार्यकर्ता बिमल सरार्फ

पर्सा पोस्ट , बैशाख १५ गते , रक्सौल, पूर्वी...

आध्यात्मिक अभ्यासमार्फत आत्मा- परमात्माको एकता सम्भव : बिमल सरार्फ

पर्सा पोस्ट, बैशाख १४ गते, रक्सौल (पूर्वी चम्पारण) । आत्मा...

विपन्न दलित परिवारको बिहेमा खाद्यन्न सहयोग , स्थानीयबाट मनविय उदाहरण प्रस्तुत

पर्सा पोस्ट, बैशाख १४ गते, वीरगञ्ज । पर्साको जगरनाथपुर गाउँपालिका–२...