पर्सा पोस्ट, भदौ १४ गते , वीरगञ्ज । पर्सा मदिरा व्यवसायी संघले संघ गठन भएको पहिलो बैठक तथा परिचयात्मक कार्यक्रम सम्पन्न गरेको छ । शनिबार वीरगञ्जस्थित होटल बृन्दावनमा आयोजित कार्यक्रममा संघका सदस्यबीच भेटघाट, परिचय तथा समस्या सुनुवाइ गरिएको थियो ।
संघले पटक–पटक व्यवसायमा देखिएका समस्या समाधानका लागि ९ सदस्यीय कार्यसमिति गठन गरी २०८१ साल चैत १७ गते जिल्ला प्रशासन कार्यालय पर्साबाट दर्ता प्रमाणपत्र प्राप्त गरेको थियो । हाल संघको सदस्य संख्या ४० पुगेको छ ।

पहिलो प्रस्तावित समितिमा अध्यक्षमा चिनिलाल पटेल, उपाध्यक्षमा सन्दिप गुप्ता, महासचिवमा प्रदीप कु. लोहार, सचिवमा रजनिश कुमार, कोषाध्यक्षमा राकेश कु. साह तथा सदस्यमा मनिष प्र. कलवार, अनिल कु. चापागाईं, राम कु. यादव र रन्जित जयसवाल चयन भएका छन् ।

कार्यक्रम संघका अध्यक्ष चिनिलाल पटेलको अध्यक्षता तथा वरिष्ठ सल्लाहकार संजय अग्रवालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । दुई चरणमा सम्पन्न कार्यक्रममा पहिलो सत्र औपचारिक र दोस्रो सत्र परिचयात्मक तथा समस्या सुनुवाइ केन्द्रित रहेको थियो ।
कार्यक्रममा संघका महासचिव प्रदीप कु. लोहारले सहजीकरण गरेका थिए ।