श्रीसंसारी माई मन्दिरलाई छ्पकैया नेपाली समाजद्वारा चार थान पंखा सहयोग

Date:

पर्सा पोस्ट, भदौ ७ गते, बिरगंज । छ्पकैया नेपाली समाजले वीरगञ्ज महानगरपालिका–२ स्थित श्रीसंसारी माई मन्दिरलाई चार थान सिलिङ पंखा हस्तान्तरण गरेको छ।

शनिबार आयोजित कार्यक्रममा समाजका अध्यक्ष धिरज शर्माले पंखा मन्दिर सञ्चालक समिति अध्यक्ष प्रदीप राउत कुर्मी र पुजारीलाई संयुक्त रूपमा हस्तान्तरण गरे। लामो समयदेखि मन्दिरमा रहेका पुराना पंखा जिर्ण भई नचल्दा भक्तजनलाई पूजा–पाठ तथा भजन–कीर्तनमा कठिनाइ भएको र तीज–पञ्चमी पर्वलाई लक्षित गरी सहज वातावरण बनाउन समाजले सहयोग गरेको समाजका सचिब अजित भुजेलले जानकारी दिनुभयो।

सो अवसरमा समाजका सचिव अजित भुजेल, सदस्य प्रकाश शाह, कृष्ण कार्की, शम्भु थापा, विजय पौडेल, मन्दिर सञ्चालक समिति सदस्य शन्नी गुप्ता तथा पुजारीको उपस्थिती थियो।

कार्यक्रममा अध्यक्ष शर्माले छ्पकैया नेपाली समाजले सामाजिक उत्तरदायित्वअन्तर्गत सरसफाइ, स्वास्थ्य शिविर, रक्तदान, चाडपर्वमा प्रसाद वितरण, चिसो मौसममा न्यानो कपडा तथा कम्बल वितरण जस्ता कार्य गर्दै आएको उल्लेख गर्दै आगामी दिनमा पनि आवश्यक सहयोग र सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले समाजले सहयोग, सहकार्य र बिसङ्गती विरुद्ध हातेमालो गर्दै अघि बढ्ने प्रतिवद्धता समेत व्यक्त गरे।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

बिरगंजमा नौदिने श्री रामकथा महायज्ञ भब्य रूपमा सम्पन्न , ५ हजारभन्दा बढीले महाप्रसाद ग्रहण

पर्सा पोस्ट, बैशाख १७ गते, वीरगञ्ज । वीरगञ्जस्थित पञ्चमुखी हनुमान...

जिल्ला ट्राफिक प्रहरीद्वारा आइसिपि रोडमा विशेष चेकिङ्ग

पर्सा पोस्ट , बैशाख १५ गते , बिरगंज ।जिल्ला...

” पुजा घ्यू बन्द गराउने हाम्रो कार्यक्षेत्र हैन”, सुरेश सिंह – कार्यालय प्रमुख

पर्सा पोस्ट, बैशाख १५ गते , वीरगञ्ज । खाद्य प्रविधि...