अल्ट्रा अभियानका संचालक दीपेश बर्णवाल ठगि आरोपमा पक्राउ

Date:

पर्सा पोस्ट, साउन २८ गते, वीरगञ्ज । ठगी गरेको आरोपमा ‘अल्ट्रा अभियान’का सञ्चालक दीपेश वर्णवाललाई पर्सा प्रहरीले पक्राउ गरेको छ। वीरगञ्ज–१६, बाइपास गणेशटोलस्थित डेराबाट बुधबार बिहान प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार, वर्णवालले अनलाइन व्यापार र लगानीको नाममा विभिन्न व्यक्तिसँग लाखौं रुपैयाँ असुल गर्दै लुकीछिपी बस्दै आएका थिए। पीडितहरूका भनाइअनुसार, उनले नेटवर्किङ व्यवसाय र क्रिप्टोकरेन्सीमा उच्च नाफाको प्रलोभन देखाई लगानी गराउँदै आएका थिए।

यसअघि उनले ‘अभियान डिजिटल वर्ल्ड’, ‘अल्ट्रा अभियान’, ‘कबाड पसल’ र ‘ऋषि आदिवासी तेल’जस्ता नाममा व्यापार सञ्चालन गर्दै धेरै व्यक्तिलाई आर्थिक रूपमा बर्बाद पारेको आरोप लागेको छ।

पीडितहरूले आरोप लगाएका छन् कि वर्णवाल प्रहरी र केही दलालहरूसँग मिलेमतो गरेर लामो समय कानुनी कारबाहीबाट जोगिँदै आएका थिए। उनी र उनका छोरा योगेश वर्णवालले पीडितहरूलाई उल्टै धम्की दिने गरेको दाबी पनि गरिएको छ।

स्थानीयहरूका अनुसार, करिब १० वर्षअघि आर्थिक अवस्था कमजोर रहेका वर्णवाल पछिल्ला वर्षहरूमा छोटो समयमै धनी बनेका छन्, जसको छानबिन आवश्यक देखिन्छ। वीरगञ्ज–१०, रानीघाटका स्थायी बासिन्दा उनी बारम्बार डेरा सर्दै बस्दै आएका थिए।

केही दिनअघि मात्र वर्णवाल नारायणघाटमा पनि ठगी मुद्दामा पक्राउ परेका थिए। नेपालमा नेटवर्किङ र क्रिप्टोकरेन्सी कारोबारका माफियामध्ये एकका रूपमा उनलाई चिनिन्छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

बिरगंजमा नौदिने श्री रामकथा महायज्ञ भब्य रूपमा सम्पन्न , ५ हजारभन्दा बढीले महाप्रसाद ग्रहण

पर्सा पोस्ट, बैशाख १७ गते, वीरगञ्ज । वीरगञ्जस्थित पञ्चमुखी हनुमान...

जिल्ला ट्राफिक प्रहरीद्वारा आइसिपि रोडमा विशेष चेकिङ्ग

पर्सा पोस्ट , बैशाख १५ गते , बिरगंज ।जिल्ला...

” पुजा घ्यू बन्द गराउने हाम्रो कार्यक्षेत्र हैन”, सुरेश सिंह – कार्यालय प्रमुख

पर्सा पोस्ट, बैशाख १५ गते , वीरगञ्ज । खाद्य प्रविधि...