अजित कुमार भुजेल ,बिरगंज ।आज आइतबारको दिन बीरगंज महानगरपालिका वडा नम्बर १६ स्थित सीमा नाका भन्सार कार्यालयको मुख्य द्वार अगाडि चेकजाच गर्ने क्रममा ना.१ ह ९८३१ नम्बरको अटोको विभिन्न भागहरुमा भन्सारबाट छली लुकाई छिपाई गरि भारत रक्सौलबाट नेपालको बीरगंज तर्फ ल्याउदै गरेको अवस्थामा सशस्त्र प्रहरी बल पर्साको प्रस्तावित सीमा सुरक्षा गुल्म, वीरगञ्जका डिएसपी लोकेन्द्र सुब्बाको नेतृत्वमा खटिएको टोलीले नगवाका ३७ वर्षीय अटो चालक सञ्जु साहलाई अटो सहित नियन्त्रणमा लिएको हो।
उक्त अटोको विभिन्न भागमा कपडाहरु लुकाएको अवस्थामा फेला परेको थियोे। उक्त कपडा तथा अटोको अन्दाजी मूल्य करिब २ लाख १३ हजार रुपैयाँ सहित साहलाई नियन्त्रणमा लिईको एवम् थप अनुसन्धान भइरहेको सशस्त्र प्रहरी बल पर्साको प्रस्तावित सीमा सुरक्षा गुल्मका गुल्मपति सशस्त्र प्रहरी नायब उपरीक्षक लेकन्द्र सुब्बाले जानकारी दिएका छन् ।