बिरगंजमा हुने दोस्रो डोलि यात्राबारे पत्रकार सम्मेलन

Date:

अजित कुमार भुजेल , बिरगंज । बिरगंजको मुटुमा अवस्थित प्रसिद्ध ऐतिहासिक तथा धार्मिक महत्वको श्री गहवा माई मन्दिरको दोस्रो डोली यात्रा यहि चैत्र २३ गते शनिबार आयोजना गरिने भएको छ।

मंगलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिँदै माईस्थान संचालक समिती श्री गहवा माई मन्दिरका अध्यक्ष नरेन्द्र कुमार साहले यस वर्षको चैते दशैंको अष्टमीको दिन यो डोली यात्रा हुन लागेको बताए।

दिउँसो ४ बजे श्री गहवा माई मन्दिरको प्राङ्गणबाट निशान सहितको दोस्रो डोलि यात्रा  रोड नम्बर २ हुँदै विर्ता माई मन्दिर, अलखिया मठ, महावीर मन्दिर, माईस्थान चोक हुदै पुनः गहवा माई मन्दिर प्राङ्गणमा समापन हुनेछ।

डोली यात्रा सुरु हुनुअघि दिउँसो २ बजे डोली तथा निशानको विशेष पूजा गरिने र सो दिन साझ ६.३० बजे आरती  गरीने कार्यक्रम रहेको साहले जानकारी दिए।

गत वर्षको प्रथम डोली यात्राको सफलतापछि यस वर्ष पनि भव्य रूपमा दोस्रो डोली यात्रा आयोजना गर्न लागिएको हो। गत वर्ष विभिन्न दाताहरूको सहयोग प्राप्त भएको र ६ सय ५० वटा गहवा माई अङ्कित निशान वितरण गरिएको थियो। यस वर्ष करिब १ हजार निशान वितरण गर्ने योजना रहेको आयोजकले जनाएको छ। डोली यात्राको सहयोग स्वरूप गहवा माई अङ्कित निशान प्रति गोटा ३ सय ५० रुपैयाँमा उपलब्ध गराइने साहले बताए।

पत्रकार सम्मेलनमा महासचिव विजय कुमार उपाध्याय, सचिव एवं प्रचारप्रसार समितिका संयोजक कन्हैया लाल केशरी लगायतको उपस्थिति रहेको थियो। कार्यक्रममा आयोजकले गत वर्षझैं यस वर्ष पनि सबैको सक्रिय सहभागिता र सहयोगको अपेक्षा राखेको बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

जेनजी शहीदको सम्झनामा वीरगञ्जमा दीप प्रज्वलन, ‘युवाको विश्वास नटुटोस्’ : प्रकाश उपाध्याय

पर्सा पोस्ट, भदौ २४ गते, वीरगञ्ज । श्री भगवती युवा...

जेन–जी सहिद दिवसमा वीरगञ्जमा दीप प्रज्वलन, दोषीमाथि कारबाहीको माग

पर्सा पोस्ट, भदौ २३ गते, वीरगञ्ज । जेन–जी आन्दोलनका क्रममा...

प्याब्सन स्मार्ट माइन्ड्स २०८३ : रोयल एकेडेमीलाई उपाधि, प्याब्सन पर्साद्वारा बाढीपीडितका लागि १५ लाख सहयोग

पर्सा पोस्ट, भदौ २३ गते, वीरगञ्ज । प्याब्सन वीरगञ्जको आयोजनामा...