दोस्रो बिरगंज गोल्डकप यहि फागुन १७ गतेदेखि सुरु हुने , प्रथम हुने टिमले ११ लाख ११ हजार १ सय ११ रुपैया पुरस्कार पाउने

Date:

अजित कुमार भुजेल ,बिरगंज। भेट्रान्स सिटि क्लब बिगंजको आयोजनामा यहि फागुन १७ गते शनिबार देखि दोस्रो बिरगंज गोल्डकप २०८१ हुने भएको छ ।

बिरगंजको आर्दशनगर रंगशालामा बिहिबार पत्रकार सम्मेलनको आयोजना गरि क्लबले बिरगंजको आर्दशनगर रंगशालामा गोल्डकप आयोजना गर्ने जनाएको हो ।

प्रतियोगितामा नेपाल र भारत गरि ८ वटा क्लबको सहभागिता हुने पत्रकार सम्मेलन मार्फत आयोजकले जनाएको छ । प्रतियोगितामा बिरगंज युनाईटेड , नेपाल पुलिस क्लब काठमाडौं, बागमती युवा क्लब सर्लाही, शहलेश फुटबल क्लब सिरहा, मछेन्द्र फुटबल क्लब काठमाडौं, गरवाहल डाईमण्ड फुटबल क्लब नयाँ दिल्ली भारत, एपिई पावर चर्च व्वाईज युनाईटेड काठमाडौ र संकटा फुटबल क्लब काठमाडौं सहभागि हुने क्लबका प्रथम उपाध्यक्ष सागर सम्शेर जबराले जानकारी दिए ।
प्रतियोगिता संचालनको लागि करिब १ करोड ७ लाख ६५ हजार अनुमानित खर्च लाग्ने आयोजकले जनाएको छ ।

प्रतियोगितामा प्रथम स्थान हासिल गर्ने टिमले ११ लाख ११ हजार १ सय ११ रुपैया,दोस्रो स्थान हासिल गर्ने टिमले ५ लाख ५५ हजार ५ सय ५५ रुपैया,सर्वोकृष्ट खेलाडीलाई ईलेक्ट्रिक स्कुटी तथा ट्रफी, वेष्ट किपरलाई नगद २० हजार, वेष्ट कोचलाई २० हजार नगद पुरस्कारले दिने आयोजकले जनाएको छ । यसैगरी प्रत्येक दिनको खेलमा मैन अफ दि मैच हुने खेलाडीलाई नगद १० हजार पुरस्कारको व्यवस्था गरिएको छ ।

खेलाडीहरुको ५ लाखको दुर्घटना बिमा तथा ३ लाखको औषधि उपचार बिमा गरिएको छ । यसैगरी दर्शकहरुको पनि ५ लाखको दुर्घटन बिमा तथा दुई लाखको औषधि उपचार बिमा गरिएको भेट्रान्स सिटि क्लब वीरगंजका अध्यक्ष सबिन बस्नेत जानकारी दिए ।

क्लबका कोषाध्यक्ष सुबोध श्रीवास्तवको अध्यक्षतामा सम्पन्न पत्रकार सम्मेलनमा अध्यक्ष सबिन बस्नेत,बरिष्ठ उपाध्यक्ष रोशन कुमार श्रेष्ठ, महासचिव पंकज श्रेष्ठ ,  सचिव भुषण यादव,सदस्यहरु निशान्त लामिछाने लगायतको उपस्थिती रहेको थियो । कार्यक्रमको सहजीकरण पत्रकार तिवारी यादवले गरेका थिए । प्रतियोगिताको पुर्व सन्ध्यामा शुक्रबार घण्टाघरबाट मोटरसाईक ¥याली निकालिने उपाध्यक्ष सागर शमशेर राणाले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

प्रयास , धर्म र बिश्वासले सफलता सुनिश्चित गर्छ : समाजसेवी बिमल सरार्फ

पर्सा पोस्ट । असार १० गते । रक्सौल, पूर्वी...

सकारात्मक सोच , बिश्वास र मानवताले जिवनलाई सहि दिशा दिन्छ : बिमल सरार्फ

पर्सा पोस्ट, असार १० गते, रक्सौल (पूर्वी चम्पारण)। सामाजिक कार्यकर्ता...

बिरगंज महानगरपालिकाको २० औं अधिवेशनमा ४ अर्ब ४२ करोडभन्दा बढीको बजेट प्रस्तुत

पर्सा पोस्ट, असार १० गते, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाको २०...