उपत्यका अपराध अनुसन्धान कार्यालयको जिम्मेवारी सम्हाले एसएसपि रमेश बस्नेतले

Date:

अजित कुमार भुजेल , काठमाडौं । उपत्यका अपराध अनुसन्धान कार्यालयको जिम्मेवारी प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) रमेश कुमार बस्नेतले सम्हालेका छन् ।

गृहमन्त्रीस्तरीय निर्णयबाट ११ माघमा सरुवा भएका बस्नेतले शुक्रबारदेखि कार्यालयमा जिम्मेवारी थालेका हुन् ।बस्नेतले पहिले प्रहरी वृत्त दरबारमार्ग, काठमाडौं प्रहरीको मुद्दा शाखा लगायतमा रहेर काम गरिसकेका छन् ।

पछिल्लो समय उनी भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत् थिए । कार्यालयमा शुक्रबार बस्नेतको स्वागतसँगै सरुवा भएर जाने निवर्तमान प्रमुख सानुराम भट्टराईको विदाइ समेत गरिएको थियो ।भट्टराईले ९ महिनाको अवधिमा आफूले उल्लेख्य काम गरेको बताउँदै नागरिक समाजबाट त्यसको मूल्यांकन हुने बताए ।

उनले भने, ‘मेरो कार्यकालभरि अपराध अनुसन्धानसँगै फरार अभियुक्तहरुलाई समात्ने अभियानलाई प्राथमिकता दिइएको थियो ।’भट्टराईको प्रहरी प्रधान कार्यालय, अन्तर्राष्ट्रिय प्रहरी समन्वय महाशाखामा सरुवा भएको छ । उनीसँगै काठमाडौंका निवर्तमान प्रमुख वसन्त रजौरेको पनि सरुवा भएको थियो । काठमाडौंमा केही दिनअघि नै एसएसपी विश्व अधिकारीले जिम्मेवारी सम्हालिसकेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

३० दिने नि:सुल्क सिलाई तालिम सम्पन्न : रक्सौलमा ५० महिलालाई आत्मनिर्भर बन्ने अवसर

पर्सा पोस्ट बैशाख ०२ गते, रक्सौल । भारत–नेपाल सीमावर्ती क्षेत्र रक्सौलमा...

प्रभावकारी सार्वजनिक वक्तृत्वकला तालिम सम्पन्न , युवामा आत्मबिश्वास वृद्वि हुने अपेक्षा

पर्सा पोस्ट, बैशाख ०२ गते, वीरगंज । बिरगंज जेसीजको सप्ताहव्यापी...

बिरगंजमा मानव अधिकार रक्षकहरुको अवस्थामाथि गहन छलफल , ” सेफ हाउस ” अभाव मुख्य चुनौती

पर्सा पोस्ट, बैशाख ०२ गते, वीरगञ्ज । मानव अधिकार रक्षकहरूको...

भारतीय नम्बर प्लेटका सवारीमाथि बिरगंजमा कडाइ : ११ चालक कारवाहीमा

पर्सा पोस्ट, बैशाख ०२ गते, वीरगञ्ज । जिल्ला ट्राफिक कार्यालय...