भारतको ५ धाम सहित कुम्भमेलाको लागि प्रस्थान गर्ने तिर्थयात्रुहरुलाई वडा अध्यक्ष चौरसियाद्वारा सम्मान एवम् बिदाई

Date:

अजित कुमार भुजेल , बिरगंज ।।पर्सा जिल्लाको बिरगंज महानगरपालिका वडा नम्बर ५ का तिर्थयात्रुहरूलाई वडा अध्यक्ष एवम् समाजसेवी प्रदिप कुमार चौरसियाले सम्मान एवं बिदाई गरेका छन ।

भारतको प्रयागराज,बिन्ध्याचल धाम ,  बनारस,अयोध्या,महाकुम्भ मेलामा जान लागेका तिर्थयात्रुहरूलाइ बिरगंज वडा नम्बर ५ निवासी तथा समाजमा आफ्नो अमुल्य योगदान पुर्याउदै आएका प्रदिप कुमार चौरसियाले सम्मान गरेका हुन ।

कुम्हाटाल एवं रेशमकोठी,जेलटाेलका करिब ९० जना तिर्थयात्रुहरू भारतको कुम्भ मेलाको लागि प्रस्थान गरेको स्थानीय वडा सदस्य सन्जु दहालले जानकारी दिईन । उनका अनुसार बिरगंज काठमान्डौ चल्ने २ वटा बसमा करिब ९० जना तिर्थयात्रुहरू भारतको कुम्भ मेलाको लागि प्रस्थान गरेको बताए । तिर्थ स्थल जाने क्रममा बिरगंजका युवाको आन, बान र शानको रूपमा चिपरिचित युवा नेता एवं बिरगंज वडा नम्बर ५ का अध्यक्ष प्रदिप कुमार चौरसियाले तिर्थयात्रुलाइ टीका र गम्छाले सम्मान गरि दिएकोमा यात्रुहरू हर्सित भएको बताए ।

यता रेशमकोठी वडा नम्बर ५ निवासी अशोक गुप्ताका अनुसार स्थानीय तहमा निर्वाचन लडने र निर्वाचित तथा पराजित हुने नेताहरू मात्र निर्वाचनकै समयमा मुख देखाउने गरेको बताउदै युवा नेता चौरसिया अहोरात्र खटेर समाजसेवामा लागेको देख्दा चौरसिया जस्तो नेतृत्वका टिम हाम्रो वडामा बारम्बार तथा निरन्तर सेवा दिईरहोस भन्ने कामना समेत गरेको बताए ।

यता भारतको कुम्भ तिर्थस्थलमा प्रस्थान गर्ने यात्रुहरू युवा नेता एवं वडा अध्यक्ष चौरसियाले सम्मान गरेकोमा हर्सित भएका थिए । उहाहरू युवा चौरसियाको उन्नती प्रगतिको कामना भन्दै आशीर्वाद समेत दिएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

शत्रु भन्दा शत्रुको मित्रबाट बढी सतर्क रहनुपर्छ : समाजसेवी बिमल सरार्फ

पर्सा पोस्ट, साउन ०५ गते, रक्सौल (पूर्वी चम्पारण)। लायन्स इन्टरनेशनल...

गैरकानुनी कर असुलीको आरोप : जितपुर – सिमरा उपमहानगरविरुद्ध उद्योगिको ज्ञापनपत्र , कर फिर्तालो माग

पर्सा पोस्ट, साउन ०५ गते, वीरगञ्ज। जीतपुर–सिमरा उपमहानगरपालिकाले ठेक्का प्रणालीमार्फत...

दुई पटक लगातार गोल्डेन बुट जित्दै एम्बाप्पेले रचे बिश्वकप इतिहास , सर्वाधिक गोलकर्ताको कीर्तिमान पनि आफ्नै नाममा

पर्सा पोस्ट, साउन ०४ गते, वीरगञ्ज । फ्रान्सका सुपरस्टार स्ट्राइकर...