नेपाल रेडक्रस सोसाइटी रेशमकोठि उपशाखाको नवनिर्वाचित पदाधिकारीहरुलाई प्रमाणपत्र बितरण तथा सपथ ग्रहण कार्यक्रम सम्पन्न

Date:

अजित कुमार भुजेल , बिरगंज । नेपाल रेडक्रस सोसाइटी रेशमकोठी उप-शाखाको नव निर्वाचित कार्यसमितिलाई प्रमाण-पत्र वितरण र शपथ ग्रहण  कार्यक्रम सम्पन्न भएको छ।

आज मंगलबारको दिन एक कार्यक्रमको आयोजना गरि बिरगंज महानगरपालिका रेशमकोठी वडा नम्बर ५ स्थित नेपाल रेडक्रस सोसाइटी रेशमकोठी उप-शाखा रहेको भवनमा सम्पन्न भएको हो।

उक्त कार्यक्रमको प्रमुख अतिथी बिरगंज महानगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष प्रदीप कुमार चौरसियाको आतिथ्यमा सम्पन्न भएको थियो भने विशिष्ट अतिथीहरुमा निर्वाचन अधिकृत महन्त प्रसाद यादव लगायतकाहरुको उपस्थिति रहेको थियोे।

सभापतिमा डा. जितेन्द्र अस्वानी, उपसभापति सरिता कुमारी यादव ,  कोषाध्यक्ष नवनित अग्रवाल , सहकोषाध्यक्ष अभिलाष गुप्ता,सहसचिव राजकुमार साह,सदस्यहरु नरेन्द्र कुमार शाह,प्रकाश कुमार उपाध्याय,मुन्ना कुमारी खनाल,रामसुदिष्ट लाल कर्ण लगायतकाहरुलाई प्रमाण-पत्र वितरण र शपथ ग्रहण गराइएको थियोे।

नेपाल रेडक्रस सोसाइटी बिरगंज रेशमकोठी उप-शाखाका निबर्तमान सभापति श्री नारायण यादवको अध्यक्षतामा सम्पन्न भएको थियो, भने विशिष्ट अतिथिमा बिरगंज शाखाका कोषाध्यक्ष एवं निर्वाचन अधिकृत महन्त प्रसाद यादव,समाज सेवी भागवत चौधरी,अमन पटेल लगायतका विशिष्ट ब्यक्तिहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो।

उक्त कार्यक्रममा रेश्मकोठी उपशाखाको नवनिर्वाचित पदाधिकारीहरु एवम् कार्यकारणीसदस्यहरुको शपथ ग्रहण गराउनुको साथै प्रमाण-पत्र वितरण गरिएको थियोे र पुरानो कार्य समितिका सदस्यहरुलाई स-सम्मान बिदाई गरिएको थियोे।

सोको जानकारी  उप-शाखाका सभापति डा.जितेन्द्र आसवानीले बताएका थिए भने सचीव लालबाबू सिंहको पनि उपस्थिति रहेको थियोे। उक्त कार्यक्रममा सम्पूर्ण निर्वाचित सदस्य पदाधिकारी आजिवन सदस्यहरुको उल्लेखनीय उपस्थिति रहेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

जिल्ला ट्राफिक प्रहरीद्वारा आइसिपि रोडमा विशेष चेकिङ्ग

पर्सा पोस्ट , बैशाख १५ गते , बिरगंज ।जिल्ला...

” पुजा घ्यू बन्द गराउने हाम्रो कार्यक्षेत्र हैन”, सुरेश सिंह – कार्यालय प्रमुख

पर्सा पोस्ट, बैशाख १५ गते , वीरगञ्ज । खाद्य प्रविधि...

मानसिक एकाग्रताले सफलता दिलाउछ : सामाजिक कार्यकर्ता बिमल सरार्फ

पर्सा पोस्ट , बैशाख १५ गते , रक्सौल, पूर्वी...