विभिन्न दल परित्याग गर्दै २ सय भन्दा बढीले गरे जनमत पार्टीमा प्रवेश

Date:

अजित कुमार भुजेल , बिरगंज । जनमत पार्टीको युवा जनमत संघ पर्साले सोमबार बीरगन्जमा आयोजना गरेको विशेष कार्यक्रममा २ सयभन्दा बढी युवाहरूले विभिन्न दल परित्याग गर्दै जनमत पार्टीमा प्रवेश गरेका छन्।

पर्सा जिल्ला कार्यालयमा आयोजित कार्यक्रमको आयोजना पार्टीका पर्सा जिल्ला अध्यक्ष ओमप्रकाश सर्राफले गरेका थिए। नवप्रवेशीहरूलाई पार्टीमा स्वागत गर्दै पार्टीका वरिष्ठ नेताहरूले माला, गम्छा, र टीका लगाइ शुभकामना व्यक्त गरे।

कार्यक्रममा मधेस प्रदेश सरकारका उद्योग, वाणिज्य तथा पर्यटन मन्त्री सकिल मिया, पर्सा जिल्ला अध्यक्ष ओमप्रकाश सर्राफ, जनमत पार्टीका केन्द्रीय सदस्य सिपु तिवारी, नेताहरू अनुराग द्विवेदी, माधव सिंह र युवा नेता राजुराज गिरीको पनि उपस्थिति थियो।

नवप्रवेशी युवाहरूले जनमत पार्टी मार्फत मधेस र युवाहरूको हकहितको लागि सक्रिय भूमिका खेल्ने प्रतिबद्धता जनाएका छन।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

शत्रु भन्दा शत्रुको मित्रबाट बढी सतर्क रहनुपर्छ : समाजसेवी बिमल सरार्फ

पर्सा पोस्ट, साउन ०५ गते, रक्सौल (पूर्वी चम्पारण)। लायन्स इन्टरनेशनल...

गैरकानुनी कर असुलीको आरोप : जितपुर – सिमरा उपमहानगरविरुद्ध उद्योगिको ज्ञापनपत्र , कर फिर्तालो माग

पर्सा पोस्ट, साउन ०५ गते, वीरगञ्ज। जीतपुर–सिमरा उपमहानगरपालिकाले ठेक्का प्रणालीमार्फत...

दुई पटक लगातार गोल्डेन बुट जित्दै एम्बाप्पेले रचे बिश्वकप इतिहास , सर्वाधिक गोलकर्ताको कीर्तिमान पनि आफ्नै नाममा

पर्सा पोस्ट, साउन ०४ गते, वीरगञ्ज । फ्रान्सका सुपरस्टार स्ट्राइकर...