अजित कुमार भुजेल , बिरगंज । प्रेस सेन्टर नेपालको २१ औं स्थापना दिवस आज बिरगंजमा विभिन्न कार्यक्रमको आयोजना गरि मनाएको थियो ।
प्रेस सेन्टर नेपाल जिल्ला कार्य समिति पर्साको आयोजनामा आज बिरगंजमा बिहान प्रभातफेरी निकालेर स्थापना दिवस मनाएको हो । प्रेस सेन्टर नेपाल पर्साका अध्यक्ष शिवनाथ यादवको अध्यक्षतामा बिरगंजको घण्टाघरबाट सुरु भएको प्रभातफेरी नगर परिक्रमा गर्दै पुनः घण्टाघरमै आएर भेला भएको थियो ।
प्रभातफेरीपछि भएको कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष ओमप्रकाश खनालले पत्रकारको हकहित र पेशागत संरक्षणको लागि प्रेस सेन्टर सक्रिय संस्था भएको बताए । उनले पत्रकारितालाई व्यवसायिकता बनाउनका लागि सबैले हातेमालो गरेर अघि बढ्नुपर्नेमा जोड दिए । नागरिकका समस्यालाई उजागर गर्न र सुसुचित गराउने भूमिकालाई पूरा गर्ने कार्यमा एकढिक्का भएर लागेमा पत्रकारिता पनि व्यवसायिकता हुने र पेशागत समस्या सृजना नहुने उनको विश्वास छ ।
कार्यक्रममा प्रेस सेन्टर नेपालका केन्द्रिय सदस्य एवं पर्सा ईन्चार्ज निरज पिठाकोटे मगर, केन्द्रिय प्रतिनिधि सन्तोष पौडेल , अखिल क्रान्तिकारिका केन्द्रिय सचिब मिरोज अहमद , मधेस प्रदेश सदस्य अशोक कुमार श्रीवास्तव ,सेन्टरका पर्सा जिल्ला निवर्तमान अध्यक्ष एवम् पत्रकार महासंघ मधेश प्रदेश सचिव दिपक गौतम, पत्रकार महासंघ पर्साका अध्यक्ष ओमप्रकाश खनाल ,नेपाल पत्रकार महासंघ पर्साका सचिव एवम् प्रेस युनियन पर्साका अध्यक्ष बिजय चौहान , सहसचिव एस.के. चौरसिया , राजन रौनियार , युवराज खड्का , कमल चौगाई , लगायत प्रेस सेन्टर नेपाल पर्साका सहसचिव बिदुर गौतम , कोषाध्यक्ष सन्जित गुप्ता , जिल्ला सदस्यहरुको समेत उपस्थिती रहेको थियो । कार्यक्रमको सहजीकरण प्रेस सेन्टर नेपाल पर्साका सचिव अजित कुमार भुजेलले गरेका थिए ।
प्रभातफेरीसँगै प्रेस सेन्टर नेपाल पर्साले आकस्मिक रक्तदान कार्यक्रमको पनि आयोजना गरेको थियो । रक्तसञ्चार केन्द्र बिरगंजमै भएको आकस्मिक रक्तदान कार्यक्रमको उद्घाटन नेपाल रेडक्रस सोसाइटी पर्साका सभापति बिरेन्द्रराज कँडेलले गरेका थिए । प्रेस सेन्टर पर्साका अध्यक्ष शिवनाथ यादवसहित २१ जनाले रक्तदान गरेका छन् ।
रक्तदान गर्नु हुनेहरुमा शिवनाथ यादव , अजित भुजेल , दिपक गौतम , सन्जोग गिरि , बिशाल पटेल , सन्तोष कुशवाह , सब्दर हुसेन , प्रेम कुनार अधिकारी , सन्जित गुप्ता , सलाउदिन अन्सारी , बलिराम यादव , कन्हैया महतो ,कृष्णा दास , अमिर मन्सुरि , रन्जित यादव , रन्जित पान्डे लगायतकाले आफ्नो अमुल्य रक्तदान गरेका थिए ।
बि. स. २०६१ साल माघ १५ गते स्थापना भएको माओवादी निकट पत्रकार संगठन प्रेस सेन्टर नेपालले आफ्नो स्थापना दिवस देशव्यापि रुपमा विभिन्न कार्यक्रमको आयोजना गरि मनाईरहेको छ ।