सदभाव सेवा समितिद्वारा साप्ताहिक निसुल्क भोजन कार्यक्रम आज ७ औं बर्ष एवंम ३३०औं सप्ताह पुरा गर्दै

Date:

अजित कुमार भुजेल ,बिरगंज। बिरगंज स्थित सदभाव सेवा समितिले निसुल्क भोजन बितरण गर्दै आईरहेको आज ७ औं बर्ष एवम ३३० औं सप्ताह पुरा भएको सो समितिका सन्चालक रमेश जाटियाले जानकारी गराएका थिए ।

आज भन्दा ७ बर्ष अघि सदभाव सेवा समिति गठन गरि प्रत्येक सप्ताहको शनिबार गरिब , असहाय , निमुखा ,  रिक्सावालाहरुलाई निसुल्क भोजन खुवाउदै आईरहेको र चाडपर्वको बेला पनि निसुल्क भोजन खुवाउने गरेको समेत जाटियाले बताए ।

सेवा नै धर्म हो , सदभाव सेवा समितिको लगातार आज ७ औं बर्ष एवम ३३० औं सप्ताह आज पनि आदर्शनगर चौक स्थित
साप्ताहिक निशुल्क भोजन कार्यक्रम भब्य र शानदार रुपले चलेको थियोे।

बिरगंजस्थित सदभाव सेवा समितिद्वारा ७ औं बर्ष एवम ३३० औं सप्ताहको अवसरमा निशुल्क भोजन शिविर सम्पन्न गरेको छ । यस कार्यक्रमको अवसरमा आज  १ हजार जना भन्दा बढिलाई असहाय, रिक्सा चालक, ठेला र इरिक्सा चालक,गरिब लगायतलाई निशुल्क भोजन प्रदान गरिएको थियो ।

कार्यक्रमको अध्यक्षता सदभाव सेवा समितिका अध्यक्ष रमेश जाटियाले गरेका थिए । उनको अनुसार यो निशुल्क भोजन शिविर हरेक शनिबार आयोजित गरिन्छ । यो भोजन घरमा पकाइएको जस्तै स्वादिलो र पोषिलो भएको बताए ।

अध्यक्ष जाटियाले यस कार्यलाई ’सेवा नै धर्म हो’ भन्दै, “गरिब, दुखी, असहायलाई भोजन गराउनु जस्तो अरु धर्म केही नभएको बताए ।

यस कार्यको लागि अहिलेसम्म कहि कतैबाट सहयोग नलिइ , आआफ्नो तर्फबाट मिलाएर खर्च गर्दै आईरहेको र यस पुन्य कार्यमा सहयोग गर्न चाहनु हुने मानवभावहरुले सहयोग गर्न सक्नु हुने समेत बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

बसपार्कमा वृक्षारोपण अभियान तीव्र, ‘हरित र सुन्दर वीरगन्ज’ बनाउने महानगरको लक्ष्य

पर्सा पोस्ट, साउन ३० गते, वीरगन्ज । वीरगन्ज महानगरपालिकाले वातावरण...

विपन्न परिवारलाई समाजसेवी वृजेस्वर प्रसाद चौधरीद्वारा १० हजार रुपैयाँ आर्थिक सहयोग

पर्सा पोस्ट, साउन २९ गते, वीरगञ्ज। पर्सा जिल्लाको जगरनाथपुर गाउँपालिकास्थित...

सामुदायिक प्रहरी–नागरिक सहकार्य सुदृढ बनाउन एसपी पवन भट्टराईको प्रतिबद्धता

पर्सा पोस्ट, साउन २८ गते, वीरगञ्ज। सामुदायिक प्रहरी सेवा केन्द्र,...