थारु समुदायको महान पर्व खिचडि ( माघि) महोत्सव -२०८१ धुमधामका साथ बिरगंजको स्विमिङ्गपुलमा सम्पन्न

Date:

अजित कुमार भुजेल , बिरगंज । थारु समुदायको महान् चाड खिचडी (माघी) महोत्सव २०८१ तथा थारु जातिको नया बर्ष सम्बत २६४९ महोत्सव समारोह सम्पन्न भएको छ ।

मंगलबारको दिन  बिरगंजमा खिचडी (माघी) पर्व भब्य रुपमा मनाईएको थियोे। खिचडी (माघी) मूल समारोह समिति बिरगंजका संयोजक प्रवीण कुमार चौधरीको अध्यक्षतामा सम्पन्न भएको सो कार्यक्रमका प्रमुख अतिथि थारु कल्याणकारिणी सभा पर्साका केन्द्रिय सदस्य महेन्द्र चौधरी रहेका थिए भने विशिष्ट अतिथीमा पुर्व मन्त्री एवं पर्साका सल्लाहकार सुरेन्द्र प्रसाद चौधरी,जय प्रकाश थारु,इन्द्र देव चौधरी,दिनेश चौधरी,अधिवक्ता विशाल चौधरी,पत्रकार महासङ पर्साका अध्यक्ष ओम प्रकाश खनाल,प्याब्सन पर्साका वरिष्ठ उपाध्यक्ष सुशिला साह,समाजसेवी प्रकाश उपाध्याय, मुना खनाल, जगत राई,मुनेश लायो मगर, कपडा बैंकका अध्यक्ष लालबाबु सिंह,सामुदायिक प्रहरी सेव केन्द्र रेशमकोठिका सचीव श्रवणबहादुर रायमाझी, बिर्ता प्रहरीका प्रमुख निरोज चौलागाईं,दिलिप कार्की लगायतकाहरुको उल्लेखनीय उपस्थिति रहेको थियो।

उक्त कार्यक्रममा आदीवासी थारु समुदायको खिचडी (माघी) पर्व तथा थारु समुदायको आज नयाँ बर्ष २६४९ को शुभकामना आदान प्रदान एवम् भाषा तथा सांस्कृतीको झलकका साथै खिचडी पर्व मनाउने तथा राज्यमा आदिवासी थारु समूदायको राजनैतिक, सांस्कृती, समाजिक पहिचानका बारेमा बताइएको थियोे
उक्त कार्यक्रममा थारु सास्कृती झलक घांटो, सामाचकेवा, झम्टा, थारु पूर्वि नाच, थारु समुदायका बाल बाललिकाहरुद्वारा थारु गितमा नृत्य, कला प्रदर्शण आदी गरिएको थियोे।

सो कार्यक्रमको मुख्य आकर्षणमा  थारु विशेष परिकार घोंङ्गी, कैकरा, माछा, परेवा, हाँस, कुखुरा, चिचर, लाइ तिलको प्रकारको मिठो खाने कुराहरुको स्टल समेत लगाइएको थियोे।

आज दिनको १ बजे घण्टाघर देखी प्रभातफेरी ऱ्याली निकालिएको थियोे।
बिरगंजमा खिचडीको अवसरमा प्रभात फेरी निकालिएको छ।माघी महोत्सव मूल समारोह समितिको आयोजनामा वीरगञ्जको घण्टाघरबाट सुरु भएको प्रभात फेरी वीरगञ्जको आदर्शनगरस्थित स्विमिङ पुल परिसरमा पुगेर टुङ्गिएको थियो ।

थारु नयाँ वर्ष समेत रहेको आजको दिनलाई विशेष बनाउन उद्देश्यका साथ थारु संस्कृति, भाषा, साहित्य, पहिचानको प्रवर्द्धन र जगेर्ना गर्न प्रत्येक वर्ष माघी महोत्सव मनाउँदै आएको  प्रबिन पञ्जियारले बताए ।

प्रभातफेरी पश्चात् अहिले माघी महोत्सव भइरहेको छ । महोत्सवको अवसरमा थारु समुदायको पहिरनसँगै खानाका विभिन्न परिकारहरू पनि प्रदर्शनी तथा बिक्री वितरणका लागि राखिएको छ ।साथै विभिन्न विद्यालयका विद्यार्थीहरूको नृत्य प्रस्तुति पनि गराइएको थियो।

अर्का वरिष्ठ समाजसेवी प्रकाश उपाध्य्याले मन्चमा मन्तव्य राख्दै उनका भनाई अनुसार  महोत्सवमा सहभागी व्यक्तिहरूबिच थारु समुदायको नयाँ वर्ष थारु संवत् २६४९ को शुभकामना आदानप्रदान गर्ने र भाईचाराको सम्बन्ध बिस्तार गर्न टेवा पुग्ने उनको बुझाई छ । उनकाअनुसार माघे सङ्क्रान्ति थारु समुदायको मात्रै नभएर सबै नेपालीको एकताको पर्व हो भन्दै सबैजनालाई  थारु समुदायको नया वर्ष  एवं महान् चाड खिचडी (माघी) पर्वको शुभकामना समेत दिनु भएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

लायन्स क्लब इन्टरनेशनल जोन ३७ द्वारा वीरगञ्ज कपडा बैंकलाई कपडा सहयोग, निरन्तर सहकार्यको प्रतिबद्धता

पर्सा पोस्ट, श्रावण २४ गते, वीरगञ्ज। सामाजिक सेवामा सक्रिय लायन्स...

सबैया साझेदारी वन उपभोक्ता समूहको प्रथम साधारणसभा सम्पन्न, वन संरक्षणमा जनसहभागिता बढाउन मन्त्रीहरूको जोड

पर्सा पोस्ट, साउन २४ गते, वीरगञ्ज (पर्सा)। पर्सा जिल्लास्थित सबैया...

राउन्ड टेबल नेपाल र रोट्याक्ट क्लबको संयुक्त रक्तदान : ५८ युनिट रगत संकलन, ‘मानवता बलियो बनाउन नियमित रक्तदान गरौं’

पर्सा पोस्ट, श्रावण २३ गते, वीरगञ्ज। वीरगञ्जमा पछिल्लो समय देखिएको...

मनियारी मुसहर टोलमा वीरगञ्ज कपडा बैंकद्वारा ६ सय थान निःशुल्क कपडा वितरण

पर्सा पोस्ट, श्रावण २३ गते, वीरगञ्ज। मानवीय सेवामा निरन्तर सक्रिय...