न्यानोबाट बच्न राज होजियारिको सहयोगमा र सामुदायिक सेवा केन्द्र छ्पकैया-२ आयोजनामा ताराचन्द किशनलाल आधारभूत बिधालयमा १०० पिस स्विटर र २० पिस टोपि बितरण गर्यो

Date:

अजित कुमार भुजेल , बिरगंज । सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र छपकैया -२ बिरगंजको आयोजनामा न्यानो स्विटर १०० थान र टोपी २० थान बितरण गरेको थियो ।

बिरगंज महानगरपालिका वडा नम्बर २ स्थित श्री तारा चन्द्र किशनलाल आधारभुत बिधालय छ्पकैयामा अल्पसंख्यक सामुदायका बिपन्न तथा गरिब विद्यार्थीहरुको लागि सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत राज होजियारीको सहयोगमा सो न्यानो स्विटर र टोपी बितरण गरेको केन्द्रका अध्यक्ष हाजि ग्यासुदिन ठकुराईले जानकारी दिनुभयो ।

सामुदायिक सेवा केन्द्र छ्पकैया -२ का अध्यक्ष हाजि ग्यासुदिन ठकुराईको अध्यक्षतामा भएको सो कार्यक्रमका प्रमुख अतिथि बिरगंज वडा न.२ का वडा अध्यक्ष महम्मद रेयाज मिया तेलिले विद्यार्थीहरुलाई स्विटर दिइ कार्यक्रम सुरु गरेका थिए ।

त्यसै गरि बिशिस्ट अतिथि वडा प्रहरी कार्यालय बिर्ताका प्रहरी निरीक्षक निरोज चौलागाईं , अतिथिहरुमा वडा न.२ का वडा सदस्य महम्मद बसिर मिया हजाम , बिधालयका प्रधानाध्यापक लालबाबु प्रसाद चौरसिया , सामुदायिक सेवा केन्द्र छ्पकैयाका सचिब प्रबिण बिक्रम शाह , सहसचिव मदन प्रसाद गुप्ता , कोषाध्यक्ष प्रेम कुमारि सिंह , सदस्य अजित भुजेल , साहेब हुसेन , विद्यालयका शिक्षिका बिना कुमारि चौलागाईं ,नन्दनि गुप्ता , सन्चारकर्मि अभिलाष गुप्ता ,सुस्मिता यादव, सामुदायिक सेवा केन्द्र छ्पकैया का प्रहरी सहायक निरीक्षक बृज भुषण पान्डे , प्रहरी हवल्दार लालबाबु कुशवाह लगायत विद्यार्थीहरुको समेत उपस्थिति रहेको थियो ।

अध्यक्ष ग्यासुदिन ठकुराईका अनुसार चिसोका कारण प्रभावित  सामाजिक उतरदायित्व अन्तर्गत यस प्रकारका राहत कार्यले बालबालिकालाई केही हदसम्म चिसोको सामना गर्न मद्दत पुग्ने उनले बताएका थिए। त्यसैगरि यस अघि छ्पकैयामा रहेको शान्तिटोलमा अल्पसंख्यक , दलित बालबालिकाहरुलाई १०६ पिस स्विटर र ८५ पिस टोपि बितरण गरिएको बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

शत्रु भन्दा शत्रुको मित्रबाट बढी सतर्क रहनुपर्छ : समाजसेवी बिमल सरार्फ

पर्सा पोस्ट, साउन ०५ गते, रक्सौल (पूर्वी चम्पारण)। लायन्स इन्टरनेशनल...

गैरकानुनी कर असुलीको आरोप : जितपुर – सिमरा उपमहानगरविरुद्ध उद्योगिको ज्ञापनपत्र , कर फिर्तालो माग

पर्सा पोस्ट, साउन ०५ गते, वीरगञ्ज। जीतपुर–सिमरा उपमहानगरपालिकाले ठेक्का प्रणालीमार्फत...

दुई पटक लगातार गोल्डेन बुट जित्दै एम्बाप्पेले रचे बिश्वकप इतिहास , सर्वाधिक गोलकर्ताको कीर्तिमान पनि आफ्नै नाममा

पर्सा पोस्ट, साउन ०४ गते, वीरगञ्ज । फ्रान्सका सुपरस्टार स्ट्राइकर...