अजित कुमार भुजेल , बिरगंज । आशा किरण केन्द्र बिरगंजद्वारा पत्रकार सम्मेलनको आयोजना भएको थियोे।
बिरगंज स्थित सिद्धार्थ मा.बि.को प्राङ्गणमा सो आयोजना गरिएको थियोे।
आशा किरण केन्द्र बिरगंजका महासचिब राजन श्रीवास्तवका अनुसार आशा किरण केन्द्र बिरगंजको १० औं स्थापना दिवसको पुनित अवसरमा यही पुष ५ गते बिरगंजको टाउन हलमा नेपालकै प्रख्यात संगीतकार आनन्द कार्कीका साथ आयोजना हुने रात्रि भोज तथा साङगीतिक कार्यक्रमबारे जानकारी गराउनु भएको थियोे।
यो आशा किरण केन्द्र बिरगंजमा आज भन्दा १० बर्ष अगाडि सुनिल गुप्ताको अध्यक्षतामा यो संस्था गठन भएको थियोे।यो संस्थामा सुस्त मनोस्थिती,मस्तिष्क पक्षाघात एवं विभिन्न कारणले मानसिक रुपमा विकलांग भएका बालबालिकाहरुको उचित स्याहार-सुसार पठनपाठन तथा स्वयम सक्षम हुने प्रशिक्षण इत्यादी कार्यहरु गर्दै आईरहेको बताए।
सुरुको दिनमा यो संस्थाले एक जना बच्चाबाट यो सेवा सुचारु गरेका थिए भने आजको दिनमा ४२ जना बच्चाहरुलाई यो संस्थाले प्रत्यक्ष रुपमा निशुल्क सेवा प्रदान गर्दै आएको जानकारी दिएका थिए । सो कार्यक्रममा बिरगंज उधोग बाणिज्य संघका पुर्व अध्यक्ष एवं वरिष्ठ समाजसेवी तथा यस आशा किरण केन्द्र बिरगंजका आजिवन सदस्य गणेश लाठ एवम् सदस्य नुतन सरावगि तथा यस आशा किरण केन्द्र बिरगंजका पदाधिकारी एवं शिक्षिकाहरुको उपस्थिति रहेको थियो।
यहि पुष ५ गते बिरगंजको टाउनहलमा नेपालकै प्रख्यात संगीतकार आनन्द कार्कीका साथ आयोजना हुने रात्रि भोज तथा साङगीतिक कार्यक्रमका सहभागी हुनलाई अतिथिजनबाट जनही २ हजारको दरले संकलन गर्ने योजना बनाईएको पत्रकार सम्मेलन मार्फत जानकारी गराएका थिए ।
सो संकलन गरिएको रकमबाट बालबालिकाहरुको सेवाको लागि अक्षय कोषको स्थापना गर्ने योजना समेत गरिएको हुदा सम्पुर्ण बिरगंजवासीहरुसंग सो कार्यक्रमको सहयोगका लागि टिकट खरिद गरि पुण्यको कार्यमा सहभागी हुन अनुरोध समेत गरिएको सो पत्रकार सम्मेलनमा सस्थाका महासचिव राजन श्रीवास्तवले जानकारी गराउनु भएको थियोे।