अजित कुमार भुजेल , बिरगंज । नेपाल पत्रकार महासंघ पर्सा शाखाको यहि मंसिर २८ गते सम्पन्न निर्वाचनबाट निर्वाचित पदाधिकारी सदस्यहरुलाई एवम् प्रदेश परिषद सदस्यहरु र केन्द्रीय परिषद सदस्यहरुलाई आज प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न भएको छ।
सो कार्यक्रम नेपाल पत्रकार महासंघ पर्सा शाखाको सभाहलमा सम्पन्न भएको हो। कार्यक्रमको अध्यक्षता नेपाल पत्रकार महासंघ पर्साका पुर्व उपाध्यक्ष युवराज खड्काको अध्यक्षतामा एवं अतिथिमा केन्द्रिय पर्यवेक्षक एवम् नेपाल पत्रकार महासंघका केन्द्रिय सचिव दिपेन्द्र चौहानको उपस्थितिमा सम्पन्न भएको थियो भने प्रेसकाउन्सिलका सदस्य लाल बाबू शेष,प्रमुख निर्वाचन अधिकृत शत्रुधन नेपाल,अशोक तिवारी, अधिवक्ता हरेराम सरार्फ , प्रेस चौतारी पर्साका अध्यक्ष तुलसि भन्डारि , नागरिक समाजका श्रवण रायमाझी , मनोज मिश्रा लगायतकाहरुको उपस्थिति रहेको थियो।
कार्यक्रममा प्रमाणपत्र बितरण कार्यक्रम सहजीकरण दिपेन्द्र चौहानले गरेका थिए। कार्यक्रममा शुभकामना मन्तव्य दिपेन्द्र चौहान,अशोक तिवारी,हरेराम सरार्फ ,लाल बाबू शेषले गरेका थिए। नयाँ कार्यसमितिका पदाधिकारी एवम् सदस्यहरुलाई माला लगाई प्रमाणपत्र दिईएको थियोे।
अध्यक्षमा ओमप्रकाश खनाल,उपाध्यक्ष भूषण यादव, महिला उपाध्यक्ष पदमा निलिमा पौडेल, सचिवमा विजय चौहान, सहसचिव समावेशी पदमा एसके चौरसिया, सहसचिव खुला पदमा अजय कुमार चौरसिया , कोषाध्यक्षमा सञ्जीवकुमार मिश्र , महिला सदस्यमा कमला भण्डारी, आदिवासी जनजाति सदस्यमा अजित कुमार भुजेल र मधेसी सदस्यमा आरोहण साह, समावेशी सदस्यमा प्रकाशकुमार तिवारी, खुला सदस्यतर्फ तिवारी यादव, राहुल गुप्ता, श्याम कुशवाहा, प्रमोद यादव, बलिराम शुक्ला, रितेश झा, केन्द्रीय परिषद् सदस्यमा महेशचन्द्र गौतम, राघव साह कानु , सुस्मा शर्मा , लालबाबु शेष लगायतकाहरुलाई फुलको माला लगाई प्रमाणपत्र दिईएको थियोे।
सोकार्यक्रममा अध्यक्ष ओमप्रकाश खनालले महासंघलाई थप सशक्त, सक्रिय र पत्रकारहरुको हकहितमा केन्द्रित बनाएर अघि बढाउने प्रतिबद्धता व्यक्त गरे । उनले भने नेपाल पत्रकार महासंघ पर्सालाई नयाँ उचाइमा पुर्याउन हामी सबैजना एकजुट भएर काम गर्नेछौं । पत्रकारिताको मर्यादा र जनताको आवाज लाई सुनिश्चित गर्दै अगाडि बढ्नु नै हाम्रो मुख्य जिम्मेवारी भएको बताए ।
सो कार्यक्रम निर्वाचन अधिकृत राजेन्द्र सिंह राजपुतले संचालन गरेका थिए।