बिरगंजका नेवार समुदायले मनाए योमरि पुर्णिमा ( योमरि पुन्हि ) पर्व

Date:

अजित कुमार भुजेल , बिरगंज । बिरगंजका नेवार समुदायले योमरी पूर्णिमा (योमरी पुन्हि) पर्व मनायो। आज योमरी पुन्हिको उपलक्ष्यमा भिन्तुना गुठी भिस्वाद्वारा आयोजना गरिएको थियोे। आज बिरगंज महानगरपालिका वडा नम्बर १५ स्थित भिस्वा डाडामा सम्पन्न भएको थियो।सो कार्यक्रम भिन्तुना गुठी भिस्वाका अध्यक्ष दिपेन्द्र गोबिन्द बैध्यको अध्यक्षतामा सम्पन्न भएको थियो।

यो पर्व प्राचीन काल देखि मनाउदै आएको उनको भनाई थियोे । उनका अनुसार नयाँ धान भित्र्याएको खुसीयालीमा नेवार समुदायले आज आइतबार योमरी पूर्णिमा पर्व हर्षोल्लासका साथ मनाउने चलन छ।

अर्को नेवा पुच बिरगंजका अध्यक्ष एवं ठाकुर राम कलेजका पुर्व प्रोफेसर हरि बैधका अनुसार मन्सिर शुक्ल पूर्णिमाका दिनमा मनाइने योमरी पूर्णिमालाई योमरी पुन्हि पनि भनिन्छ । नेवार समुदायको ठूलो चाडका रूपमा मनाइने यस चाडलाई खाद्य पदार्थको मिठो चाडका रूपमा लिइन्छ । योमरी पुन्हि मतलब नयाँ धानबाट बनेको चामलको पीठो, मिठा एवं चाकु र तिलबाट बाफेर बनाइन्छ ।

नेवार समुदायले धान राख्ने भकारीमा पूजा आराधना गरेर योमरी पूर्णिमा मनाउँछन् । चेलीबेटीको गर्भ रहँदा गर्भमै बालकको पूर्ण स्वास्थ्यको कामना गर्दै माइतीबाट उनीहरूको घरमा तिल र चाकु भरिएको योमरी सगुनका रूपमा उपहार पठाउने चलन पनि नेवार समुदायमा छ ।

धानको पूजा गरी मनाइँदै धान्य पूर्णिमा आजैका दिन धानको विधिपूर्वक पूजाआजा एवं दान गरी धान्य पूर्णिमा पर्व पनि मनाइँदै छ । मङ्सिरमा धान भित्र्याएपछि शुक्ल पूर्णिमामा धान, गणेश, महालक्ष्मीलगायत देवताको पूजा गरी नयाँ भित्रिएको धान कुटेर चामल बनाउने त्यसबाट पीठो पिँधेर मिठा एवं चाकु र तिलबाट डल्लो बनाई बाफेर भकारीमा चढाई पुजा गर्ने परम्परा छ । बिरगंजका सम्पुर्ण नेवार समुदायकाहरु लाई यहाँ जम्मा एवम् भेला गरि यो पर्व मनाएको हुनको भनाई थियोे। सो कार्यक्रममा बिरगंज ५ नम्बरका वडा सदस्य सन्जु दहाल,जुलि श्रेष्ठ लगाएतकाहरुको उपस्थिति एवं बिरगंजका नेवार सामुदायहरुकाहरुको उल्लेखनीय उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियोे।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

३० दिने नि:सुल्क सिलाई तालिम सम्पन्न : रक्सौलमा ५० महिलालाई आत्मनिर्भर बन्ने अवसर

पर्सा पोस्ट बैशाख ०२ गते, रक्सौल । भारत–नेपाल सीमावर्ती क्षेत्र रक्सौलमा...

प्रभावकारी सार्वजनिक वक्तृत्वकला तालिम सम्पन्न , युवामा आत्मबिश्वास वृद्वि हुने अपेक्षा

पर्सा पोस्ट, बैशाख ०२ गते, वीरगंज । बिरगंज जेसीजको सप्ताहव्यापी...

बिरगंजमा मानव अधिकार रक्षकहरुको अवस्थामाथि गहन छलफल , ” सेफ हाउस ” अभाव मुख्य चुनौती

पर्सा पोस्ट, बैशाख ०२ गते, वीरगञ्ज । मानव अधिकार रक्षकहरूको...

भारतीय नम्बर प्लेटका सवारीमाथि बिरगंजमा कडाइ : ११ चालक कारवाहीमा

पर्सा पोस्ट, बैशाख ०२ गते, वीरगञ्ज । जिल्ला ट्राफिक कार्यालय...