नेवा: देय दबू, सुवर्णपुरको आयोजनामा ५२ जनाले रक्तदान गरे

Date:

अजित कुमार भुजेल , बिरगंज । नेवार समुदायको पर्व योमरी पुन्हीको पुर्व सन्ध्यामा पर्साको ठोरी गाउँपालिकामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

नेवाः देय दबू , सुवर्णपुरको आयोजनामा ठोरी –५ को वडा कार्यालयमा सम्पन्न कार्यक्रममा ५२ जनाले रक्तदान गरेका छन्।

सो कार्यक्रमको प्रमुख अतिथी सुवर्णपुर गाउँपालिका प्रमुख लालबाबू श्रेष्ठ एवम् विशिष्ट अतिथीमा ठोरी गापा ५ का वडाध्यक्ष अष्ट बहादुर लोप्चन रहेका थिए। अतिथिमा नेवाः देय दबू , सुवर्णपुरका अध्यक्ष जंग बहादुर श्रेष्ठको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो।

कार्यक्रममा ६ जना महिला सहित ५२ जनाले रक्तदान गरेको नेवाः देय दबू , सुवर्णपुरका पुर्व अध्यक्ष अमृत श्रेष्ठले जानकारी दिनुभयो ।

सो कार्यक्रममा ठोरी गापा –५ का वडाध्यक्ष अष्ट बहादुर लोप्चनले सुरुमै रक्तदान गरेर उद्घाटन गरेका थिए । वडाध्यक्ष लोप्चनले १४ औं पटक रक्तदान गरेका हुन्। सो रक्तदान कार्यक्रममा आफ्नो अमुल्य रक्तदान गर्नु हुनेमा सरोज कुमार चौलागाईं,रमेश थापा, गणेश खडका,अमित श्रेष्ठ ,अलिशना श्रेष्ठ,हेमन्त प्रधान लगायतकाहरुले रक्तदान गरेका थिए।

योमरी पुन्हीका अवसर पारेर सुवर्णपुरमा हरेक वर्ष रक्तदान कार्यक्रमको आयोजना हुदै आइरहेको छ ।

सो रक्तदान कार्यक्रममा बिरगंज रक्त संचार केन्द्रका प्रमुख सौरभ राज पाण्डे,मनिष गुप्ता,नितेश यादव लगायतकाहरुले प्राविधिक सहयोग गरेका थिए भने सोको जानकारी नेपाल रेडक्रस सोसाइटी रेशमकोठीका युवा संयोजक अभिलाष गुप्ताले दिएका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

शत्रु भन्दा शत्रुको मित्रबाट बढी सतर्क रहनुपर्छ : समाजसेवी बिमल सरार्फ

पर्सा पोस्ट, साउन ०५ गते, रक्सौल (पूर्वी चम्पारण)। लायन्स इन्टरनेशनल...

गैरकानुनी कर असुलीको आरोप : जितपुर – सिमरा उपमहानगरविरुद्ध उद्योगिको ज्ञापनपत्र , कर फिर्तालो माग

पर्सा पोस्ट, साउन ०५ गते, वीरगञ्ज। जीतपुर–सिमरा उपमहानगरपालिकाले ठेक्का प्रणालीमार्फत...

दुई पटक लगातार गोल्डेन बुट जित्दै एम्बाप्पेले रचे बिश्वकप इतिहास , सर्वाधिक गोलकर्ताको कीर्तिमान पनि आफ्नै नाममा

पर्सा पोस्ट, साउन ०४ गते, वीरगञ्ज । फ्रान्सका सुपरस्टार स्ट्राइकर...