नेपाल रेडक्रस सोसाइटी पर्सा शाखाको ६१ औं स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न

Date:

अजित कुमार भुजेल , बिरगंज । नेपाल रेडक्रस सोसाइटी पर्सा जिल्ला शाखाको ६१ औं  स्थापना दिवसको उपलक्ष्यमा रक्तदान कार्यक्रम सम्पन्न भएको  छ।

बिरगंजको छपकैया स्थित बिरगंज रक्त संचार केन्द्र भवनमा आयोजना गरिएको रक्तदान कार्यक्रमको प्रमुख अतिथी नेपाल रेडक्रस सोसाइटी पर्सा जिल्ला शाखाका अध्यक्ष बिरेन्द्र राज कंडेल रहनु भएको थियो ।

प्रमुख अतिथि बिरेन्द्र राज कंडेलले झन्डा त्तोलन गरेर कार्यक्रमको शुभआरम्भ गरेका थिए र साथै रेडक्रसका संस्थापक जा.हेनरी ड्युनाको फोटोमा माल्यआर्पण गर्नुको साथै फुल एवं अबिर चढाएका थिए।

नेपाल रेडक्रस सोसाइटी पर्साका मन्त्री साबिर अहमद एराजको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा नेपाल रेडक्रसका उपाध्यक्ष मधु राणा,दिनानाथ रौनियार, महन्त प्रसाद यादव ,नेपाल रेडक्रस सोसाइटी रेशमकोठीका युवा संयोजक अभिलाष गुप्ता,लालबाबू सिंह,दया शंकर सिंह,सौरभ राज पाण्डे,राजन श्रीवास्तव,मनिष गुप्ता,बिरसमसेर कुर्मी,
लक्ष्मी राउत,मिना क्षेत्री,राजु साह लगायतकाहरुको पनि उपस्थिति रहेको थियो।

नेपाल रेडक्रस सोसाइटी पर्सा जिल्ला शाखाका अध्यक्ष बिरेन्द्र राज कंडेलको अनुसार आज ६१ औं स्थापना दिवसको अवसरमा रक्तदान एवम् विभिन्न कार्यक्रम गर्ने आयोजना मध्य अहिले रक्तदान कार्यक्रम भयो भने बेलुका घन्टाघरमा दिप प्रज्वलन कार्यक्रम रहेको जानकारी समेत गराएका थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

रास्वपा बारा अधिवेशन :जिल्ला सचिबमा सन्नि जैसवालको उमेदवारी घोषणा

पर्सा पोस्ट , जेष्ठ २४ गते , बारा । राष्ट्रिय...

प्रेम , नम्रता र सम्बन्धको महत्वबारे बिमल सरार्फका विचार

पर्सा पोस्ट , जेष्ठ २४ गते , रक्सौल, पूर्वी...