लागु औंषध दुर्व्यशनि तथा ओसारपसार सम्बन्धि जनचेतनामूलक कार्यक्रम मुनलाईट माबिमा सम्पन्न

Date:

अजित कुमार भुजेल , बिरगंज । सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा कुम्हालटाेल र वडा प्रहरी कार्यालय बिर्ताद्वारा लागु औषध दुर्व्यशनी तथा ओसारपसार सम्बन्धि जनचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ।

बिरगंज स्थित कुम्हालटाेल मुनलाइट स्कुलमा सचेतनामुलक प्रशिक्षण कार्यक्रम सम्पन्न भयो। सो कार्यक्रमको अध्यक्षता सामुदायिक प्रहरी सेवा कुम्हालटाेल साबित्री भुमिहारले गरेका थिए।

कार्यक्रमका प्रमुख अतिथि वडा प्रहरी कार्यालय पर्सा बिर्ताका प्रमुख प्रहरी निरीक्षक निरोज चौलागाईं उपस्थितिमा सम्पन्न भएको थियोे भने विशिष्ट अतिथिमा मुनलाइट स्कुलका डाइरेकटर श्याम केसी ,बिरगंज कपडा बैंकका अध्यक्ष लालबाबु सिंह,संचारकर्मी सन्तोष रन्जितकार,अभिलाष गुप्ता, कंचनजङ्गा स्कुलका डाईरेक्टर माटिन मोक्तान लगायतकाहरुको उपस्थित रहेको थियो।

त्यसैगरि सामुदायिक प्रहरी सेवा कुम्हालटाेलका पदाधिकारी सुशील बर्णबाल , तारा बिष्ट, ज्ञानमाया रायमाझी, सामुदायिक प्रहरी सेवा कुम्हालटाेलका प्रहरी हवल्दार कुमार बिक, प्रहरी हवलदार दिलिप कोईरीको पनि उपस्थिति रहेको थियो।

वडा प्रहरी कार्यालय पर्सा बिर्ताका प्रमुख प्रहरी निरीक्षक निरोज चौलागाईंका अनुसार लागुऔषध दुर्व्यशनी कुलतमा परेपछी शारीरिक तथा मानसिक असरहरु हुन्छ, विभिन्न किसिमका बिमारीहरु लाग्न सक्छ ,सामाजिक मानमर्यादाको हनन हुन्छ। समाजमा ईज्जत्  समेत पाउदैन भन्ने विषयमा थुप्रै कुराहरुको प्रशिक्षण दिनु भएको थियो।

लागु औषध दुर्व्यशनी तथा ओसार पसार मेडिसिटिका बारेमा कंचनजङ्गा स्कुलका डाईरेक्टर माटिन मोक्तानले पनि प्रशिक्षण दिनु भएको थियो भने कार्यक्रम सहजीकरण सामुदायिक प्रहरी सेवा कुम्हालटाेलका सचिव श्रवणबहादुर रायमाझीले गरेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

लायन्स क्लब इन्टरनेशनल जोन ३७ द्वारा वीरगञ्ज कपडा बैंकलाई कपडा सहयोग, निरन्तर सहकार्यको प्रतिबद्धता

पर्सा पोस्ट, श्रावण २४ गते, वीरगञ्ज। सामाजिक सेवामा सक्रिय लायन्स...

सबैया साझेदारी वन उपभोक्ता समूहको प्रथम साधारणसभा सम्पन्न, वन संरक्षणमा जनसहभागिता बढाउन मन्त्रीहरूको जोड

पर्सा पोस्ट, साउन २४ गते, वीरगञ्ज (पर्सा)। पर्सा जिल्लास्थित सबैया...

राउन्ड टेबल नेपाल र रोट्याक्ट क्लबको संयुक्त रक्तदान : ५८ युनिट रगत संकलन, ‘मानवता बलियो बनाउन नियमित रक्तदान गरौं’

पर्सा पोस्ट, श्रावण २३ गते, वीरगञ्ज। वीरगञ्जमा पछिल्लो समय देखिएको...

मनियारी मुसहर टोलमा वीरगञ्ज कपडा बैंकद्वारा ६ सय थान निःशुल्क कपडा वितरण

पर्सा पोस्ट, श्रावण २३ गते, वीरगञ्ज। मानवीय सेवामा निरन्तर सक्रिय...