२१ औं राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवस सम्पन्न

Date:

अजित कुमार भुजेल , बिरगंज । “विविध स्वास्थ्य क्रियाकलापहरुमा महिला सामुदायिक स्वास्थ्य स्वयमसेविकाको, भू्सिका स्वस्थ समाज निर्माणमा सहभागिता” भन्ने नाराका साथ २१औं राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवस २०८१ कार्यक्रम सम्पन्न भएको छ।

बिरगंज महानगर पालिकाको ३२ वटा वडाहरुमा आफ्नो सेवा दिदै आइरहेका छन। करि २०० वटा भन्दा बढी महिला स्वयंसेविकाहरु नियमित सेवा दिदै छन। बिगतको दिनमा संघ सरकारले महिला स्वयंसेविकाहरुलाई योगदान दिदै आइरहेको थियो । तर त्यो योगदान संघ सरकारले रोकेको छ। स्थानीय सरकारले स्वयंसेविकाहरुलाई योगदान दिईरहेको छ। बिरगंज महानगर पालिकाका उप प्रमुख तथा कार्यक्रमका प्रमुख अतिथि इम्तियाज आलमले महिला स्वयंसेविकाहरुलाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको छ।

महिला स्वयंसेविकाहरुको समाजमा ठुलो योगदान रहेको भन्नुभयो। उक्त कार्यक्रमको अध्यक्षता बिरगंज महानगर का ज.स्वा.नि. अनिल कुमार यादव रहनु भएको थियो भने अतिथिहरुमा ज.स्वा.नि.अनिल कान्त कुशवाहा,प.हे.न. अधिकृत मिरा यादव,ज.स्वा.नि.सुनिल कुर्मी ,सि.अ.नि.इन्द्रा,आयुर्वेद अधिकृत रुपनारायण झा,म.स्वा.से.से. अध्यक्ष शर्मिला न्यपाने,को.या.अ.रामबाबु,खुश्बु श्रीवास्तव लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रमको आयोजना  वीरगंज महानगरपालिका जनस्वस्थ्य प्रवर्द्धन शाखाले गरेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

शत्रु भन्दा शत्रुको मित्रबाट बढी सतर्क रहनुपर्छ : समाजसेवी बिमल सरार्फ

पर्सा पोस्ट, साउन ०५ गते, रक्सौल (पूर्वी चम्पारण)। लायन्स इन्टरनेशनल...

गैरकानुनी कर असुलीको आरोप : जितपुर – सिमरा उपमहानगरविरुद्ध उद्योगिको ज्ञापनपत्र , कर फिर्तालो माग

पर्सा पोस्ट, साउन ०५ गते, वीरगञ्ज। जीतपुर–सिमरा उपमहानगरपालिकाले ठेक्का प्रणालीमार्फत...

दुई पटक लगातार गोल्डेन बुट जित्दै एम्बाप्पेले रचे बिश्वकप इतिहास , सर्वाधिक गोलकर्ताको कीर्तिमान पनि आफ्नै नाममा

पर्सा पोस्ट, साउन ०४ गते, वीरगञ्ज । फ्रान्सका सुपरस्टार स्ट्राइकर...

बिश्वकप जितपछि स्पेनमा नयाँ युगको प्रतीक बन्यो लियोनोर – यामलको ट्रफि उत्सव

पर्सा पोस्ट, साउन ०४ गते, वीरगञ्ज। स्पेनले २०२६ फिफा विश्वकपको...