नेपाल रेड्क्रस सोसाइटी पर्सा जिल्ला शाखा बिरगंजद्वारा कम्बल तथा शैक्षिक सामाग्री एवं स्कुल बैग बितरण

Date:

अजित कुमार भुजेल , बिरगंज । नेपाल रेडक्रस सोसाइटी पर्सा जिल्लाशाखा बिरगंजद्वारा कम्बल तथा शैक्षिक सामाग्री एवं स्कुल बैग बितरण गरियो।

बिरगंजको छपकैया स्थित नयाँ जीवन बिकास सेवा समाज एवम् बारा प्लसको संयुक्त आयोजनामा तथा ३७ औ बिश्व एडस दिवसको अवसरमा सो सामाग्रीहरु बितरण गरिएको हो।

सो कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी पर्सा जिल्ला शाखा बिरगंजका कार्यालय प्रमुख बिर समशेर कुर्मीले उक्त सामाग्रीहरु दिई सुरुवात गरेका थिए भने नेपाल रेडक्रस सोसाइटी पर्सा जिल्ला शाखाका उप-कोषाध्यक्ष  दयाशकर सिंह ,नेपाल रेडक्रस रेशमकोठीका युवा संयोजक अभिलाष गुप्ता लगायतको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो।

नयाँ जीवन बिकास सेवा समाजका सन्योजक जवाहर महरा ,निता फाउन्डेसनका दिलिप कुमार खडका,जन स्वास्थ बिरगंजका सुनिल कुमार कुर्मी,जिल्ला स्वास्थ कार्यालय पर्साका बिजय कुमार साह, ए. एच.एफ.की रोशनि सरार्फ लगायतहरुको पनि उपस्थिति रहेको थियो।

सो कार्यक्रममा ५३ जना एडस संक्रमण भएको बालबालिकाहरुलाई कम्बल तथा शैक्षिक सामाग्री एवं स्कुल बैग बितरण गरियो थियोे ।
कार्यक्रमको  सहजीकरण बारा प्लसका कार्यक्रम संयोजक हुसैन अन्सारीले गरेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

आध्यात्मिक अभ्यासमार्फत आत्मा- परमात्माको एकता सम्भव : बिमल सरार्फ

पर्सा पोस्ट, बैशाख १४ गते, रक्सौल (पूर्वी चम्पारण) । आत्मा...

विपन्न दलित परिवारको बिहेमा खाद्यन्न सहयोग , स्थानीयबाट मनविय उदाहरण प्रस्तुत

पर्सा पोस्ट, बैशाख १४ गते, वीरगञ्ज । पर्साको जगरनाथपुर गाउँपालिका–२...

बिरगंजमा कडाई : नम्बर प्लेट बिहिन १३ अवैध ईभी स्कुटर नियन्त्रणमा

पर्सा पोस्ट, बैशाख १३ गते, वीरगञ्ज । वीरगञ्जमा ट्राफिक प्रहरीले...