रेडियो बिरगंजको २२ औं बार्शिकोत्सवको अवसरमा भएको बृहत खुल्ला रक्तदान कार्यक्रममा २२ महिला सहित २२१ जनाले रक्तदान गरे

Date:

अजित कुमार भुजेल , बिरगंज । बिरगंजको मुर्ली बगैचा स्थित रेडियो बिरगंज ९९ मेगाहर्ज को परिसरमा मध्य तराईको पहिलो रेडियो रेडियो बिरगंज ९९ मेगाहर्जको २२ औ वार्षिकोत्सवको उपलक्ष्यमा बृहत खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

रेडियो बिरगंज ९९ मेगाहर्जका प्रबन्धक धुर्ब साहको अध्यक्षता एवम् बिरगंज महाबाणिज्य दूतावासको दुत डि.एस. मिनाको आतिथ्यमा सम्पन्न भएको हो।

सो रक्तदान कार्यक्रममा विभिन्न पार्टीका नेताहरु प्रदेश सान्सद श्याम पटेल ,नेजामुदिन समानी,ओम प्रकाश सरार्फ, बिरगंज युवा समाजका पुर्व अध्यक्ष कमल चौलागाईं,नेपाल रेडक्रस सोसाइटी बिरगंज शाखाकि उपाध्यक्ष श्रीमती मधु राणा , अभिभावक संघ पर्साका अध्यक्ष  सन्दिप साह एवम् विभिन्न स्कुल तथा कलेजका भाईबहिनी हरुको लगायतकाको उपस्थिति रहेको थियो।

उक्त कार्यक्रममा २२ महिला सहित २२१ जना रक्तदाताहरुले रक्तदान गरेका थिए। सो कार्यक्रममा आफ्नो अमुल्य रक्तदान गर्नु हुनेमा रेनु चौधरी, निर्जना भन्डारि ,बिभा गुप्ता,पुस्पा कुशवाह,माधुरी महतो, सुमित्रा कुमारी घलान,रेनु देबी चौरसिया,राम बिध्या देबी चौधरी,स्वेता श्रेष्ठ,सबिता लम्साल ,सहनाज प्रबिन,सरिता घिमिरे,राम दरस रजक , अरुण कुशवाहा,श्रीलाल धामी थारु,कम्लेश गुप्ता,फरुक हवारी,महम्मद कलाम,धिरज चौधरी,सुमित कर्ण,राहुल साह,निराजन प्रसाद उपाध्याय,ओम प्रकाश पाण्डे,दिपक कुमार साह लगायतकाहरुले आफ्नो अमुल्य रगतदान गरेका थिए।

सो रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी रेशमकोठी उप-शाखाका युवा संयोजक अभिलाष कुमार गुप्ता  एवं बिरगंज रक्त संचार केन्द्रका प्रमुख सौरभराज पाण्डे, मनिष गुप्ता ,नितेस यादव, नमित चौरसिया, लिलाधर साह लगायतका प्राबिधिक सहयोगमा कार्यक्रम सम्पन्न भएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

रास्वपा बारा अधिवेशन :जिल्ला सचिबमा सन्नि जैसवालको उमेदवारी घोषणा

पर्सा पोस्ट , जेष्ठ २४ गते , बारा । राष्ट्रिय...

प्रेम , नम्रता र सम्बन्धको महत्वबारे बिमल सरार्फका विचार

पर्सा पोस्ट , जेष्ठ २४ गते , रक्सौल, पूर्वी...