बागेश्वरधाम सरकारको नौ दिने सनातनि एकता पद यात्रा सम्पन्न

Date:

अजित कुमार भुजेल , बिरगंज। भारतका चर्चित  बागेश्वर धामका पीठाधीश्वर पंडित श्री धीरेन्द्र कृष्ण शास्त्रीद्वारा नौ दिने सनातनी हिन्दू एकता पद यात्रा कार्यक्रमको आज समापन भएको छ।

आज भारतको ओरछा धाममा पुगेर एक कार्यकमको आयोजना गरी सम्मान भएको थियो।

जातपात छूआछूतको भेदभावलाई हटाएर भारत लगायत विश्वका सबै सनातनी हिंदुलाई एकजुट पार्न उद्देश्यको साथ यो पदयात्राको आयोजना गरीएको बागेश्वर धाम सरकारको एक भक्त कन्हैया पटेलले जानकारी दिएका छन।

पदयात्राको पहिलो चारणमा बागेश्वर धाम देखी ओरछा धामसम्म प्रत्येक दिन करीब बीस किलोमिटर हिडने गरी  एक सय साठी किलो मीटरको यात्रा तय गरीएको थियो।

भारत, बांग्लादेश लगायत विभिन्न देशहरु मा सनातनी हिन्दूमाथी भईरहेको घात,दमन , अन्याय,अत्याचारलाई मध्यनजर गर्दै “बटेंगे तो कटेंगे”, जातपात की करो बिदाई हम सब हिन्दू भाई भाई “नाराका साथ सबै सनातनी हिंदुलाई जातपात छूआछूतबाट हटाई एक जुट गर्न यो यात्राको सुआरम्भ गरीएको थियो।

यस पदयात्रामा शास्त्री संगै देश विदेश बाट उनका लाखौ लाख भक्तजनहरु सहभागी भएका थिए। यात्राका क्रममा बागेश्वर धाम सरकारले आफ्नो बचन र उद्देश्य अनुसार जातपातको बिदाई गर्दै  विभिन्न गाऊ ठाऊमा दलित सनातनीहरुलाई स्वागत र भेटघाट गरेका थिए भने उनीहरूले आफनो घरबाट पकाएर ल्याएका खाना उनिहरु संगै बाटो मै बसेर खाएका थिए।

यस पदयात्रालाई सफल र सहज बनाउन भक्तजनहरूको लागी हिडन ,खान, बस्नको लागी राम्रो व्यवस्थापन गरीएको थियो भने स्वास्थ्य र सुरक्षाको मध्य नजर गर्दै एम्बुलेन्स ,औषधी, डाक्टर, गाडि  लगायत पुलिस प्रशासन ठुलो मात्रमा तैनात गरीएको थियो।

बागेश्वर धाम सरकार भारतका पहिलो धर्मगुरु हुन जसले सनातन माथी भई रहेको अत्याचार दमनको खुल्ला रुपमा विरोध गर्दै भारतलाई हिन्दू राष्ट्रीय बनाउन जोरदार मांग गरेका छन।

उनको पद यात्रालाई भारत लगायत देश विदेशका विभिन्न धर्म गुरु ,संस्था ,व्यक्ति हरुबाट समर्थन जुडीरहेको छ। यो यात्रामा भारतका चर्चित संत महंत,विभिन्न धर्मका धर्मगुरुहरु, नेतागण, फिल्मी स्टारहरु लगायत लाखौ लाख भक्तजनहरुको सहभागिता रहेको थियो । नेपालबाट पनि सनातनी दीदी पूनम यादव लगायत ठुलो संख्यामा भक्तजनहरू सहभागिता जनाएका थिए ।

आज अंतिम दिन सनातनी एकता पदयात्राको समापन गर्ने कर्ममा आयोजक शास्त्रीले भारतलाई बङ्गलादेश हुनबाट बचाउन,जातपात छूआछूतको भेदभावलाई मिटाएर सभी सनातनी हिन्दू भाईहरुलाई एकजुट पार्न मेरो कुनै कसर बाकी न रहने बताएका छन।

मैले बरु अली कथा कम गर्छु तर आफ्नो  देश , आफ्नो  सनातनी हिन्दू भाई बहिनिहरुलाई लभ जिहादबाट बचाउन ,गौ मातालाई रक्षा गर्न,भारतलाई हिन्दू राष्ट्रीय बनाउन प्रत्येक हिंदुलाई एक जुट पार्न घर घरमा जाने प्रतिबद्धता जाहेर गरे।

अन्त्यमा यस पदयात्रालाई विभिन्न माध्यमबाट सहयोग गरी सफल बनाईदिने सबै महानुभावलाई धन्यवाद प्रकट गरे।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

शत्रु भन्दा शत्रुको मित्रबाट बढी सतर्क रहनुपर्छ : समाजसेवी बिमल सरार्फ

पर्सा पोस्ट, साउन ०५ गते, रक्सौल (पूर्वी चम्पारण)। लायन्स इन्टरनेशनल...

गैरकानुनी कर असुलीको आरोप : जितपुर – सिमरा उपमहानगरविरुद्ध उद्योगिको ज्ञापनपत्र , कर फिर्तालो माग

पर्सा पोस्ट, साउन ०५ गते, वीरगञ्ज। जीतपुर–सिमरा उपमहानगरपालिकाले ठेक्का प्रणालीमार्फत...

दुई पटक लगातार गोल्डेन बुट जित्दै एम्बाप्पेले रचे बिश्वकप इतिहास , सर्वाधिक गोलकर्ताको कीर्तिमान पनि आफ्नै नाममा

पर्सा पोस्ट, साउन ०४ गते, वीरगञ्ज । फ्रान्सका सुपरस्टार स्ट्राइकर...