अजित कुमार भुजेल ,बिरगंज। मानवसेवा आश्रमका आमाबुवाहरुको निशुल्क स्वास्थ्य चेकजाच सम्पन्न भएको छ।
बिरगंज महानगरपालिका सिरिसिया वडा नम्बर २५ स्थित मानवसेवा आश्रमको आफ्नै भवनमा सो निशुल्क स्वास्थ्य चेकअफ जाच भएको थियो।
मानवसेवा आश्रम बिरगंज पर्सा जिल्ला शाखाका संयोजक मुना पलामी मगरका अनुसार आश्रमको स्थापना देखिनै नि:शुल्क रुपमा मासिक स्वास्थ्य उपचार गर्नु हुने मानवसेवा आश्रम (मानवता प्रवर्द्दन महाअभियान) को सेवामा महत्वपूर्ण अभिभाकत्व प्रदान गर्नुहुने अत्यन्तै सरल अनी सजह स्वभावका धनी डा.भरत गोइत हरेक महिनामा आएर यहाका बिरामी आमाबुवाहरुलाई निशुल्क रुपमा चेकअफ गरिदीनु हुने छ र त्यहि मासिक स्वास्थ्य चेकअफ गर्ने क्रममा आज पनि आश्रमको २० जना बिरामी आमाबुवाहरुको निशुल्क चेकजाच गर्नु भएको थियो।
साथै मानवसेवा आश्रमलाई प्रेम गर्नु हुने साथै जुनै बेला पनि आश्रमको आमाबुवाहरु लाई चाहिने अती आवश्यक औषधी मानवता प्रेमी मेडिकल रिप्रेजेटेटिव मनोज साहले उपलब्ध गराईदिनु हुने छ भनी पर्सा जिल्ला संयोजक मुना पलामी मगरले जानकारी दिनुभयो ।
उक्त निशुल्क कार्यक्रममा मानवसेवा आश्रमका संस्थापक अध्यक्ष देवेश मानवसेवा,मानवसेवा आश्रमका अभिभावक तथा अभियन्ता प्रकाश थारु एवं मानवसेवा आश्रमका सदस्यहरुको उपस्थिति रहेको थियो।