पर्सागढिको हरपुरमा नासा युवा क्लबको आयोजनामा १ महिला सहित ३७ जनाले गरे रक्तदान

Date:

अजित कुमार भुजेल , बिरगंज । पर्सा जिल्ला स्थित पर्सागढी नगरपालिका हरपुर पर्सामा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

सो रक्तदान पर्सागढी नगरपालिकाको ब्यवस्थापन एवम् नासा युवा क्लब पर्सागढी ७ टिकुलियाको सन्युक्त  आयोजनामा संचालित खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको हो। उक्त रक्तदान कार्यक्रममा प्रमुख अतिथी पर्सागढी नगरपालिकाको नगर प्रमुख गोकर्ण पाठक एवं अतिथिमा पर्सागढी नगरपालिकाको उप-प्रमुख पुजा चौधरी , नेपाल रेडक्रस सोसाइटी बिरगंज शाखाका सभापति बिरेन्द्र राज कंडेल , दिनानाथ रौनियार , पर्सागढी ७ का वडा अध्यक्ष शकर राज भर, नासा युवा क्लब पर्सागढी ७ टिकुलिया अध्यक्ष सोनालाल राय लगायतकाहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो ।

उक्त  रक्तदान कार्यक्रममा १ महिला सहित ३७ जना रक्त दाताहरुले रक्तदान गरेका छन। आफ्नो अमुल्य रक्तदान गर्नु हुनेमा रिया कुमारी , कृष्ण महरा , राम अवधेश सहनी , भुनेश्वर प्रसाद यादव , निरन्जन साह तेलि ,राम आशिष् सहनी ,जसवन्त पन्जियार, विशाल  पन्जियार , खेम राज महतो ,आनन्द पन्जियार लगायतकाहरुले रक्तदान गरेका छन भनेर नेपाल रेडक्रस सोसाइटी रेशमकोठी उप-शाखाका युवा संयोजक अभिलाष कुमार गुप्ताले जानकारी गराएका थिए भने उक्त रक्तदान कार्यक्रममा बिरगंज रक्त संचार केन्द्रका मनिष गुप्ता , नमित चौरसिया लगायतका प्राबिधिकहरुको सहयोगले कार्यक्रम सम्पन्न भएको हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

शत्रु भन्दा शत्रुको मित्रबाट बढी सतर्क रहनुपर्छ : समाजसेवी बिमल सरार्फ

पर्सा पोस्ट, साउन ०५ गते, रक्सौल (पूर्वी चम्पारण)। लायन्स इन्टरनेशनल...

गैरकानुनी कर असुलीको आरोप : जितपुर – सिमरा उपमहानगरविरुद्ध उद्योगिको ज्ञापनपत्र , कर फिर्तालो माग

पर्सा पोस्ट, साउन ०५ गते, वीरगञ्ज। जीतपुर–सिमरा उपमहानगरपालिकाले ठेक्का प्रणालीमार्फत...

दुई पटक लगातार गोल्डेन बुट जित्दै एम्बाप्पेले रचे बिश्वकप इतिहास , सर्वाधिक गोलकर्ताको कीर्तिमान पनि आफ्नै नाममा

पर्सा पोस्ट, साउन ०४ गते, वीरगञ्ज । फ्रान्सका सुपरस्टार स्ट्राइकर...