बिरगंजमा नेपालि काङ्ग्रेस र नेकपा एमाले दुई दलिय संयन्त्र बैठक सम्पन्न

Date:

अजित कुमार भुजेल , बिरगंज । नेपाली काङ्ग्रेस र नेकपा एमाले दुई दलिय राजनैतिक संयन्त्र पर्साको बैठक आइतवार बिरगंजमा सम्पन्न भएको छ ।

संयन्त्रको बैठकले पर्सा जिल्लाको समग्र विकास निर्माणको लागी पर्सा जिल्लाबाट संघिय र प्रदेश सरकारका मन्त्रीहरु र सांसदहरु सित छलफल गरी प्रधानमन्त्री तथा मन्त्रीहरुलाई ज्ञापनपत्र बुझाउने निर्णय गरेको छ । विकास निर्माण र अन्य मागको मस्यौदा तयार गर्न नेपाली
काङ्ग्रेस पर्साका उपसभापति रामनारायण कुर्मी र नेकपा एमाले पर्साका सचिव महेश दासलाई जिम्मेवारी दिने निर्णय गरेको छ ।

नेपाली काङ्ग्रेस पर्साको सभापति तथा प्रदेश सरकार भुमि व्यवस्था कृषी तथा  सहकारी मन्त्री जनार्दन सिंह क्षेत्रीको सभापतित्वमा भएको बैठकमा नेपाली काङ्ग्रेसको उपसभापति रामनारायण कुर्मी र जिल्ला सचिव दिनेश चौधरी तथा नेकपा एमालेबाट केन्द्रीय सदस्य एवम् पर्सा इन्चार्ज माननीय प्रभु हजरा, जिल्ला अध्यक्ष डा. विशम्भर कुमार शर्मा र जिल्ला सचिव महेश दासको सहभागिता थियो ।

नेपाली काङ्ग्रेस र नेकपा एमालेको नेतृत्वमा गठन भएको वर्तमान संयुक्त सरकारलाई सफल बनाउन केन्द्रीय तह, प्रदेश तह र जिल्ला तहमा दुई दलिय संयन्त्र बनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

शत्रु भन्दा शत्रुको मित्रबाट बढी सतर्क रहनुपर्छ : समाजसेवी बिमल सरार्फ

पर्सा पोस्ट, साउन ०५ गते, रक्सौल (पूर्वी चम्पारण)। लायन्स इन्टरनेशनल...

गैरकानुनी कर असुलीको आरोप : जितपुर – सिमरा उपमहानगरविरुद्ध उद्योगिको ज्ञापनपत्र , कर फिर्तालो माग

पर्सा पोस्ट, साउन ०५ गते, वीरगञ्ज। जीतपुर–सिमरा उपमहानगरपालिकाले ठेक्का प्रणालीमार्फत...

दुई पटक लगातार गोल्डेन बुट जित्दै एम्बाप्पेले रचे बिश्वकप इतिहास , सर्वाधिक गोलकर्ताको कीर्तिमान पनि आफ्नै नाममा

पर्सा पोस्ट, साउन ०४ गते, वीरगञ्ज । फ्रान्सका सुपरस्टार स्ट्राइकर...