अजित कुमार भुजेल , बिरगंज । न्युज २४ टेलिभिजनको आयोजना आज बिरगंज वडा न.६ स्थित माईस्थान मन्दिर अगाडिको पार्कमा सामुहिक भाईटिका कार्यक्रम सम्पन्न भएको छ ।
बिरगंज महानगरपालिकाको प्रायोजनमा तथा माईस्थान संचालक समितिको सहयोगमा सो सामुहिक भाइटीका कार्यक्रम भएको थियो ।
सामुहिक भाईटिका कार्यक्रम न्युज २४ टेलिभिजनले बिगत ३ बर्ष देखि गर्दै आएको छ । आजको सामुहिक भाइटीका कार्यक्रममा ५ वटा सामुदायहरुलाई मिलाएर कार्यक्रमको आयोजना गरिएको थियोे ।
सामुहिक भाइटीका कार्यक्रममा पहाडि सामुदाय , भोजपुरी सामुदाय, मारवाडी सामुदाय , मैथली सामुदाय , थारु सामुदायहरुको उपस्थिति रहेको थियो ।
सामुहिक भाईटिका कार्यक्रममा सम्पुर्ण समुदायका भाईहरुले भाइटीका लगाएका थिए भने मुस्लिम सामुदायकाले पनि भाइटीका लगाएका थिए।
सो कार्यक्रममा उधोग बाणिज्य संघ बिरगंजका अध्यक्ष अनिल अग्रवाल , वरिष्ठ उपाध्यक्ष हरि गौतम , पुर्व अध्यक्ष सुबोध गुप्ता , वरिष्ठ उधोगपति अशोक बैध , अशोक टेमानी , गणेश लाठ , समाजसेवी प्रकाश उपाध्याय , प्रकाश थारु , डा. अशोक दास , बिरगंज युवा समाजका संस्थापक अध्यक्ष कमल चौलागाईं ,मानव सेवा आश्रमका देवेश मानव सेवा , पत्रकारहरु धिरज दारुका , अशोक तिवारी , राम सर्राफ , अभिलाष गुप्ता , कन्हैया पटेल , जाकिर हुसैन थिए भने विभिन्न पार्टीका नेता तथा कार्यकर्ताहरु ओम प्रकाश सर्राफ , सशिकपुर मिया , सलाउदिन अहमद,नेजामुदिन समानी ,जितेन्द्र सोनल,महमद सहाबुदिन, महिलावनेतृ रम्भा मिश्रा, सुन्दर कुर्मी , मन्त्री अजय चौरसिया एवंम वडा प्रहरी कार्यक्रम बिर्ताका प्रहरी प्रमुख निरोज चौलागाईं, जिल्ला ट्राफिकका प्रहरी र बिर्ताका प्रहरीका सम्पुर्ण प्रहरी भाईहरुको उल्लेखनीय उपस्थिति रहेको थियोे।
कार्यक्रम सन्चालन न्युज २४ टेलिभिजनको केन्द्रिय ब्युरो प्रमुख राजु श्रेष्ठले गरेका थिए ।