अजित कुमार भुजेल , बिरगंज । तेरापंथ युवक परिषदद्वारा बिरगंजको जैन भवनमा रक्तदान कार्यक्रम सम्पन्न भएको थियो ।
११ दिने वृहत् रक्तदान कार्यक्रममा १५०० प्रिन्ट रगत संकलन गर्ने लक्ष्य अन्तर्गत शनिवार जैन भवन बिरगंजमा आयोजना गरेको रक्तदान कार्यक्रममा १६ महिला सहित २११ जनाले रक्तदान गरेका थिए ।
रक्तदान गर्नेहरुमा रिशिका पोखरेल ,अन्नु कर्ण,निशा कार्की,संगीता शर्मा ,कुसुम जैन,रुचिका मोरे,सारिका अग्रवाल,प्रीया गुप्ता,स्वेता श्रीवास्तव ,पुजा दुगड,संगीता सरावगी , प्रिया गुप्ता , रन्जित पोखरेल, सुभाष भट्टराई, ,सुशील कुमार सिंह , प्रकाश सोराज , रामाकान्त प्रसाद कर्ण , प्रदीप साह , राजन श्रेष्ठ , मधुसुधन सुबेदि , गोपाल अग्रवाल , चन्द्रप्रकाश साह , बिजय श्रीवास्तव ,अमरनाथ साह , अमन ताम्राकार , रबि कुमार पटेल ,लालबाबु साह , रोशन कुमार साह कानु , सन्जय ठाकुर , सुजन तामाङ , बिकास महतो, मुकेश अग्रवाल,आकाश पटेल,अरजेश केसि,गौतम कानु,बिक्रम तिवारी,राकेश महर्जन ,पप्पु कलवार , बिवेक सिन्हा, ललित अग्रवाल , अर्जुन राउत कुर्मि , अकलेस पटेल , सन्जु कुमार पटेल , अनिल कुमार कुश्वाह , आकाश पटेल , अमित पटेल , आदित पटेल , पवन कुमार शर्मा , मनु बैठा, पप्पु बैठा , कृष्ण कुमार बैठा लगायतले रक्तदान गरेका थिए ।
कार्यक्रमका प्रमुख अतिथी बिरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहले बिरगंज दाता दानिहरुको शहर रहेकोले तेरापन्थ युवक परिषदले आयोजना गरेको जिवनदान जस्तो महादान कार्यमा रक्तदाताहरुको बाक्लो सहभागिता देखेर आफू खुशी भएको र तेरापन्थले विगतका वर्षहरुमा यस्तो सामाजिक कार्य गर्दै देश जनता समाजको सेवा सहयोग गरेकोमा सम्पुर्ण परिवार प्रति हार्दिक आभार प्रकट गर्दै यसले ४ दिनमै ५०० जति रगत संकलन गरिसकेकोले अब १५०० पिन्ट रगतको लक्ष्य अब टाढा नरहेको बताउदै युवाहरुलाई यसैगरि अगाडि बढन शुभकामना दिनु भएको थियो ।
तेरापन्थ युवक परिषदका अध्यक्ष लोकेश जम्मडको अध्यक्षतामा भएको कार्यक्रमका बिशिस्ट अतिथी तेरापन्थ युवा परिषदका इन्टरनेशनल सचिव अमित नाहटा , नेपाल प्रभारी जितेन्द्र नौलखा,अतिथिहरुमा नेपाल भारत सहयोग मञ्चका अध्यक्ष अशोक बैद ,नेपाल रेडक्रस सोसाइटी पर्साका सभापती विरेन्द्र राज कडेल,उपसभापती मधु राणा,सहकोषाध्यक्ष दयाशंकर सिंह ,सामुदायिक प्रहरी छपकैयाका अध्यक्ष ग्यासुदिन ठकुराई, बिरगंज कपडा बैंकका अध्यक्ष लालबाबु सिंह ,सन्चारकर्मि ओमप्रकाश खनाल ,राजेन्द्र सिंह राजपुत,शंकर कुमार,अजित भुजेल, कन्हैया पटेल ,परिषदका उपाध्यक्ष पीयूष जम्मड,कार्यक्रम संयोजक धिरज बोरड,सहसंयोजक सौरभ भुटोरिया, अजय पुग्लिया, अङ्कित भन्साली,राहुल झावक , सुशिल जैन लगायत विभिन्न संघ संस्थाका प्रतिनिधि एवं स्थानियहरुको बाक्लो सहभागिता रहेको थियो ।
तेरापन्थ युवक परिषद बिरगंजले गत भदौ २५ गते देखि असोज ४ गते सम्म लगातार ११ दिने बृहत् रक्तदान कार्यक्रमको आयोजना गर्ने र सो कार्यक्रमबाट १५ सय भन्दा बढी पिन्ट रगत संकलन गर्ने लक्ष्य अनुसार आज ५ औ दिन विरगंजको जैन भवनमा रक्तदान कार्यक्रमको आयोजना गरिएको हो र यो क्रममा सबैको सहयोगमा विभिन्न कलकारखाना , अस्पताल , क्लिनिक, संघसंगठन, विधालय लगायतको स्थानहरुमा असोज ४ गते सम्म निरन्तर आयोजना गरिने जसबाट रक्तसञ्चार वीरगन्ज केन्द्रमा भएको रगतको अभाव केही हद सम्म पूरा गर्ने योजना बनाएको हो ।
रक्तसञ्चार केन्द्र वीरगन्जका प्रमुख सौरभ पाण्डे र प्राबिधिक जितेन्द्र कुश्वाहा लगायत रेडक्रस स्वयंसेवकको टिमले रक्तदाताहरुलाइ रक्तदान गर्न सघाएका थिए ।
कार्यक्रममा स्वागत मन्तव्य अध्यक्ष लोकेश कुमार जम्मडले र सहजीकरण सचिव सुमित सेठियाले गरेका थिए ।