प्रेस सेन्टर नेपालका केन्द्रिय उपाध्यक्ष गोबिन्द देवकोटा सामुदायिक रेडियो प्रसारक संघ ( अकोराब ) को बरिष्ठ उपाध्यक्षमा निर्वाचित

Date:

अजित कुमार भुजेल , बिरगंज । नारायणी एफ.एमका कार्यकारी अध्यक्ष, रेसखबर डटकमका अध्यक्ष तथा सम्पादक गोविन्द देवकोटा सामुदायिक रेडियो प्रसारक संघ (अकोराब) को बरिष्ठ उपाध्यक्षमा निर्वाचित हुनु भएको छ ।

शनिबार काठमाडौंमा सम्पन्न १८ औं साधारणसभा तथा ८ औं अधिवेशनबाट अध्यक्षमा अर्जुन गिरी, वरिष्ठ  उपाध्यक्षमा गोविन्द देवकोटा, महासचिव बन्दना दनुवार र सचिव भक्त स्यान्ताङ निर्विरोध निर्वाचित भएका हुन् ।

यसअघि दुई कार्यकाल अकोराबको महासचिवमा निर्वाचित भई काम गरिसकेका देवकोटा यसपटक बरिष्ठ उपाध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन् । सामुदायिक रेडियोहरुको व्यावसायिक विकास, प्रवद्र्धन र समुदायसँग रेडियोहरुलाई जोड्ने विषयमा महत्वपूर्ण भूमिका खेल्दै आएका देवकोटा तीन दशक भन्दा लामो समयदेखि पत्रकारिता क्षेत्रमा क्रियाशील रहेका छन् ।

बिरगंजलाई कार्यक्षेत्र बनाएर पत्रकारिता गर्दै आएका देवकोटा हेटौडाको मनकामना एफ.एम. स्थापनादेखि रेडियो एफ.एम.क्षेत्रमा प्रवेश गरेका हुन् । उनको सक्रियतामा मध्य तराईको पहिलो एफ.एम रेडियो बिरगंज स्थापना भएको थियो । त्यसपछि उनले नै मध्य तराईको पहिलो सामुदायिक रेडियो नारायणी एफ.एम.१०३.८ मेगाहर्ज सञ्चालनमा ल्याएका थिए ।

अहिले उनी नारायणी एफ.एम.को कार्यकारी अध्यक्ष समेत रहेका छन् । उनी रेस मल्टिमिडिया प्रालिद्वारा सञ्चालित रेसखबर डटकमका अध्यक्ष तथा सम्पादक पनि हुन् । सामुदायिक रेडियो प्रसारक संघ (अकोराब) को अधिवेशनको निर्वाचन प्रकृयाबाट अध्यक्ष, बरिष्ठ उपाध्यक्ष, महासचिव र सचिव गरी चारजना पदाधिकारी निर्विरोध निर्वाचित भएका हुन् । कोषाध्यक्ष सहितका अन्य पदमा भने आईतबार निर्वाचन हुने जनाईएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

३० दिने नि:सुल्क सिलाई तालिम सम्पन्न : रक्सौलमा ५० महिलालाई आत्मनिर्भर बन्ने अवसर

पर्सा पोस्ट बैशाख ०२ गते, रक्सौल । भारत–नेपाल सीमावर्ती क्षेत्र रक्सौलमा...

प्रभावकारी सार्वजनिक वक्तृत्वकला तालिम सम्पन्न , युवामा आत्मबिश्वास वृद्वि हुने अपेक्षा

पर्सा पोस्ट, बैशाख ०२ गते, वीरगंज । बिरगंज जेसीजको सप्ताहव्यापी...

बिरगंजमा मानव अधिकार रक्षकहरुको अवस्थामाथि गहन छलफल , ” सेफ हाउस ” अभाव मुख्य चुनौती

पर्सा पोस्ट, बैशाख ०२ गते, वीरगञ्ज । मानव अधिकार रक्षकहरूको...

भारतीय नम्बर प्लेटका सवारीमाथि बिरगंजमा कडाइ : ११ चालक कारवाहीमा

पर्सा पोस्ट, बैशाख ०२ गते, वीरगञ्ज । जिल्ला ट्राफिक कार्यालय...