छ्पकैया सामुदायिक सेवा केन्द्रद्वारा लैङ्िगक हिंसा बिरुद्ध जनचेतनामूलक पर्चा पम्पलेट बितरण

Date:

अजित कुमार भुजेल , बिरगंज । समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र छपकैया-२ बिरगंज पर्साको आयोजनामा लैङ्िगक हिंसा बिरुद्ध जनचेतनामूलक कार्यक्रम सम्पन्न गरेको छ ।

बिरगंज महानगरपालिका वडा नं.०२ छपकैया श्रीराम हल अगाडि प्रहरी बिट चौकमा लैङ्िगक हिंसा के हो , यो कसरी हुन्छ , लैङ्िगकताको आधारमा महिला हिंसा , महिला हिंसाका प्रकारहरु , मानसिक तथा भावनात्मक हिंसा , सामाजिक वा सास्कृतिक हिंसा , यौनिक हिंसा , आर्थिक हिंसा , लैङ्िगक हिंसाबाट व्यक्तिमा पर्ने असरहरु , लैङ्िगक हिंसा नियन्त्रणका लागि सरोकारवालाहरुको भुमिका , उजुरी दिन सकिने निकायहरु र कानुन उपचारको हक समेतको पर्चा पम्पलेट बितरण गर्नुका साथै सम्झाई बुझाई कार्यक्रम सम्पन्न गरेको सामुदायिक सेवा केन्द्र छ्पकैयाका प्रहरी हवल्दार लालबाबु कुशवाहले जानकारी दिनुभयो ।

सो कार्यक्रम सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र छ्पकैया-२ का वरिष्ठ उपाध्यक्ष मो. अब्दुल हकको विशेष उपस्थितिमा सदस्य अजित कुमार भुजेल , स्थानिय अफरोज आलम , प्रहरी हवल्दार लालबाबु कुशवाह , प्रहरी जवान मनोज यादव लगायतको सहभागीता  रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

शत्रु भन्दा शत्रुको मित्रबाट बढी सतर्क रहनुपर्छ : समाजसेवी बिमल सरार्फ

पर्सा पोस्ट, साउन ०५ गते, रक्सौल (पूर्वी चम्पारण)। लायन्स इन्टरनेशनल...

गैरकानुनी कर असुलीको आरोप : जितपुर – सिमरा उपमहानगरविरुद्ध उद्योगिको ज्ञापनपत्र , कर फिर्तालो माग

पर्सा पोस्ट, साउन ०५ गते, वीरगञ्ज। जीतपुर–सिमरा उपमहानगरपालिकाले ठेक्का प्रणालीमार्फत...

दुई पटक लगातार गोल्डेन बुट जित्दै एम्बाप्पेले रचे बिश्वकप इतिहास , सर्वाधिक गोलकर्ताको कीर्तिमान पनि आफ्नै नाममा

पर्सा पोस्ट, साउन ०४ गते, वीरगञ्ज । फ्रान्सका सुपरस्टार स्ट्राइकर...