अजित कुमार भुजेल , बिरगंज ।सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र मुर्लि श्रीपुरले बिरगंजको मुर्लि चौकमा ट्राफिक सम्बन्धि जनचेतनामूलक कार्यक्रम सम्पन्न गरेको छ ।
समुदाय- प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत सामुदायिक सेवा केन्द्र मुर्लि श्रीपुरको आयोजनामा सोमबार सचेतना सम्बन्धि कार्यक्रम गरि मनाएको थियो ।
मुर्लि चौकको मुख्य चौकमा बाटो काटन पैदल यात्रुहरुलाई ट्राफिक नियम अनुसार जेब्रा क्रसिङ्गबाट मात्रै बाटो काट्न सचेत गराउदै आएको सामुदायिक सेवा केन्द्र मुर्लि श्रीपुरका सचिब कुलनारायण प्रधान ( दिलिप ) ले जानकारी दिनु भयो।
सामुदायिक सेवा केन्द्र मुर्लि श्रीपुरका सचिब कुल नारायण प्रधान ( दिलिप ) को विशेष उपस्थितिमा वृद्धवृद्धा , महिला , विद्यार्थीहरुलाई जथाभावी बाटो नकाटन र जेब्रा क्रसिङ्गबाट मात्र बाटो काटन आग्रह गरेका थिए ।
सो कार्यक्रममा सामुदायिक सेवा केन्द्रका प्रहरी हवल्दार सुभाष यादव , प्रहरी जवान राजु प्रसाद चौरसिया , अबरेन राय , निर्मल ताम्राकार , सन्चारकर्मि जगत राई , अजित भुजेल लगायतको सहभागीता रहेको थियो ।