पर्सा प्रहरीले प्रज्ञापनपत्र भन्दा बढी कपडाहरु लोड रहेको ट्रक बहुअरि चौकबाट पक्राउ

Date:

अजित कुमार भुजेल , बिरगंज । पर्सा प्रहरीले त्रिचालिस लाख चौरानब्बे हजार तीन सय बत्तीस रुपिया बराबरको कपडाहरु लोड रहेको ट्रक पक्राउ गरेको छ ।

बिशेष सूचनाको आधारमा  जिल्ला प्रहरी  कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले प्रज्ञापनपत्र भन्दा बढी सामान लोड ट्रक  सोमबार दिउँसो ४:४० बजेतिर बिरगंज महानगर पालिका वडा न.२४ वहुअरि चौक स्थित सडकखन्डबाट प्र. २ -०३००-१ ख ५१३७ नम्बरको ट्रक पक्राउ गरेको थियो ।

सो ट्रकमा ४३,९४,३३२/- रुपैया बराबरको कपडाहरु पक्राउ गरि आवस्यक कार्वाहीको लागि आज राजस्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाइएको जिल्ला प्रहरी कार्यालय पर्साका सूचना अधिकारी एवं प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक भारतीले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

स्वस्थ र सन्तुलित जीवनशैली अपनाउन बिमल सरार्फको आग्रह

पर्सा पोस्ट , जेष्ठ २७ गते , रक्सौल, पूर्वी...

सरकारी सूचना तथा विज्ञापन वितरणमा विभेदविरुद्व पर्साका सन्चारकर्मीको धर्ना

पर्सा पोस्ट , जेष्ठ २७ गते , वीरगञ्ज । सरकारी...

रास्वपा पर्सामा हरि पन्त समुह बिजयी , ४८ मतको अन्तरले सुशील कुमार कानु पराजित

पर्सा पोस्ट, जेष्ठ २६ गते, वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टी...